+
+
Shares

कांग्रेस महाधिवेशनका प्रतिनिधिको शुल्क ३५ सय तोकियो

१५ औं महाधिवेशनमा अघिल्लो महाधिवेशनमा भन्दा दुई हजार भन्दा बढी प्रतिनिधि हुनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १३:०४

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि शुल्क तीन हजार पाँच सय तय गरेको छ । १८ असोजदेखि हुने १५ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको शुल्क निर्धारण गरिएको हो ।

१५ औं महाधिवेशनमा अघिल्लो महाधिवेशनमा भन्दा दुई हजार भन्दा बढी प्रतिनिधि हुनेछन् ।

१४ औं महाधिवेशन ४७ सय बढी प्रतिनिधि थिए । यसपटक करिब सात हजार प्रतिनिधि हुने निर्वाचन समितिले जानकारी गराएको छ । १४ औं महाधिवेशनमा एक प्रतिनिधि सभा क्षेत्रबाट २६ जना प्रतिनिधि चयन भएका थिए । यसपटक विधान संशोधन गरेर ३३ जना प्रतिनिधि छनोट हुने विधि बनाइएको छ ।

प्रतिनिधिका लागि होटल बुकिङ पार्टीले गर्ने भए पनि बसेको शुल्क भने प्रतिनिधि स्वयंले तिर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?