१३ असोज, काठमाडौं । नेपाली कांग्रेस बाँके-२ मा भएको महाधिवेशन प्रतिनिधिको चुनावमा तीन प्रदेश सांसद पराजित भएका छन् ।
सोमबार भएको निर्वाचनमा मिना सिद्धिकी, माया पुन मगर र सुशीला वादी प्रतिनिधिमा चयन हुन सकेनन् । साथै, पूर्व प्रदेश सांसद याकुव अन्सारी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भए । पराजित हुने सबै समानुपातिकबाट प्रदेश सांसद भएकाहरु हुन् ।
नेपालगञ्ज उपमहानगरको वर्तमान मेयर पूर्व उपमेयर महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । नेपालगञ्जको मेयर प्रशान्त विष्ट र पूर्व उपमेयर उमा थापामगर प्रतिनिधिमा चयन भए । बाँके–२ का सभापति नरेन्द्रकुमार चौधरी पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । क्षेत्रीय अधिवेशनबाट ३३ प्रतिनिधि छनोट गरिएको छ ।
नेपालगञ्जको पूर्व उपमेयर उमा थापामगरले बाँके–२ मा हिजो प्रतिनिधि छनोट भएको र १ र ३ मा आज चयन हुने जानकारी गराइन् ।
प्रतिक्रिया 4