News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको ललितपुर महानगर सभापतिमा राजु महर्जन सर्वसम्मत चयन भएका छन्।
- सभापतिका दाबेदार गणेशभक्त श्रेष्ठ र दिलमान खड्काले महर्जनलाई समर्थन गरेपछि सर्वसम्मत सहमति बनेको हो।
- वीरगञ्ज र विराटनगर महानगरको नेतृत्व चयन गर्न बाँकी छ भने काठमाडौं र ललितपुरमा सर्वसम्मत तथा भरतपुर र पोखरामा निर्वाचनबाट नेतृत्व चयन भएको छ।
८ असोज, काठमाडौं । नेपाली कांग्रेसको ललितपुर महानगर सभापतिमा राजु महर्जन सर्वसम्मत चयन भएका छन् ।
सभापतिका आकांक्षीहरुको बैठकबाट महर्जनलाई सर्वसम्मत् सभापतिमा बनाउने सहमति बनेको हो । सभापतिका लागि दाबी गरेका गणेशभक्त श्रेष्ठ र दिलमान खड्काले महर्जनलाई समर्थन गरेपछि उनी सर्वसम्मत भएका हुन् । अन्य आकांक्षीले महर्जनलाई सभापतिमा समर्थन गरेपछि सर्वसम्मत चयन गरिएको ललितपुर महानगरका हालका सभापति शुभानन धाख्वाले जानकारी गराए । पदाधिकारीका अन्य पदमा पनि सर्वसम्मत गरिएको धाख्वाले जानकारी गराए । महर्जन ललितपुर महानगर–९ का वडाध्यक्ष हुन् । उनी ललितपुर महानगरका प्रवक्ता समेत हुन् ।
६ महानगर मध्ये वीरगञ्ज र विराटनगरको नेतृत्व चयन गर्न बाँकी छ । काठमाडौं र ललितपुरमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । भरतपुर र पोखरामा निर्वाचनबाट नेतृत्व चयन गरिएको छ ।
प्रतिक्रिया 4