Comments Add Comment

रामवीरको राजीनामा अस्वीकृत गर्ने नेकपाको निर्णय

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सांसद रामवीर मानान्धरको राजीनामा पत्र अस्वीकृत गर्ने निर्णय गरेको छ । राजीनामा स्वीकृत नभएपछि अब वामदेव गौतमले काठमाडौं ७ बाट चुनाव नलड्ने पक्कापक्की भएको छ ।

‘आजको बैठकले रामवीरको पत्रबारे निर्णय गर्नु नपर्ने निश्कर्ष निकालेको छ, बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,’यसको अर्थ अब पार्टी उपचुनावमा नजाने र वामदेवजी चुनाव नलड्ने निश्कर्ष निकालिएको छ ।’

आइतबार बसेको बैठकमा पार्टी एकीकरण प्रक्रियालाई हरहालतमा चाँडो टुंगो लगाउने, नेतृत्वको वीचमा आशंका हैन, सुदृढ एकता कायम गर्ने र सरकारलाई पनि सफल बनाउन सबैले एकतावद्ध भएर लाग्ने निश्कर्ष निकालिएको नेता श्रेष्ठले जानकारी दिए ।

नेतृत्वको वीचमा लामो एवं खुल्ला छलफल भएको र एजेण्डागत रुपमा चाहिँ रामवीर मानान्धरको पत्रको विषयमा केन्द्रित भएर छलफल भएको उनले बताए । पार्टी एकता र सरकारका विषयमा सथ्ायी कमिटीको बैठकमा छलफल हुने श्रेष्ठले बताए ।

सचिवालयको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेछ । त्यसैगरी नेकपाको स्थायी कमिटीको बैठक कात्तिक १२ र १३ गते बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment