+
+
Shares

जुवा खालबाट १५ जना पक्राउ, साढे चार लाख बरामद

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ५ गते ११:१४

५ कात्तिक, नवलपरासी । पूर्वी नवलपरासीको इलाका प्रहरी कार्यालय गैंडाकोटले जुवाखालबाट साढे चार लाख नगदसहित १५ जनालाई पक्राउ गरेको छ ।

गैंडाकोट नगरपालिका १ ब्रिटिस क्याम्प नजिकै रहेको खरको टहराभित्र लुकेर कौडा खेलिरहेकाहरुलाई सोमबार बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जीसीले जानकारी दिए ।

पक्राउ पर्नेमा गैंडाकोट-१ का रमेश श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका ५ का विमल श्रेष्ठ, भरतपुर २ का खुमप्रसाद श्रेष्ठ, भरतपुर ३ का अनिल शाह, भरतपुर ४ का श्याम लामा, भरतपुर २ का प्रदीप लामा, भरतपुर ११ का निर्मल श्रेष्ठ, भरतपुर १९ का कृष्णहरि शर्मा, चितवनको रत्ननगर नगरपालिका १४ का विशाल बस्नेत, सोही ठाउँका कुमार गुरुङ, बाबुराम अर्याल र लमजुङ बेंसीशहर २ का विपिन गुरुङ रहेका छन् ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?