Comments Add Comment

दीपाश्रीको ब्लकबस्टर ह्याट्रिक

नेपालमा केही नायक र नायिकाको बिषयमा लेखिने एउटा समाचार छ, हिटमा ह्याट्रिक वा फ्लपमा ह्याट्रिक । अर्थात लगातार ३ वटा चलचित्र हिट भएर चर्चित बनेका वा लगातार ३ वटा चलचित्र असफल भएर चर्चित बनेका । जे जसरी भएर पनि चर्चित बनेका कलाकार धेरै छन् ।
तर, ब्लकबस्टर ह्याट्रिक गर्न भने त्यती सजिलो छैन । औषत, हिट, सुपरहिटपछि बल्ल ब्लबस्टर आउँछ । यसका लागि चलचित्रले लगानी मात्र उठाएर हुँदैन । नाफा गतिलै गर्नपर्छ ।

अहिले, ब्लबस्टर ह्याट्रिकको सूचीमा पर्ने एक मात्र निर्देशक हुन् दीपाश्री निरौला । दीपाश्री निरौलाले चलचित्र ‘छक्का पन्जादेखि छक्का पन्जा ३’सम्म आइपुग्दा ब्लबस्टर ह्याट्रिक गरेकी छिन् ।

‘छक्का पन्जा’को व्यापारिक आँकडा १६ करोड नजिकमा छ । यो अहिलेसम्मकै सर्वाधिक धेरै कमाई गर्ने नेपाली चलचित्र हो । दोश्रोमा पनि उनकै नाम छ, ‘छक्का पन्जा २’ । यो चलचित्रले १४ करोड आसपासको व्यापार गरेको छ । दोश्रो सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीमा पनि दीपाश्रीकै नाम छ ।

अब, ‘छक्का पन्जा ३’को व्यापार । यसले अघिल्ला चलचित्रको रेकर्ड तोड्छ या नयाँ रेकर्ड राख्छ त्यो भोलीको कुरा हो । तर, रिलिज भएको केही दिनमै चलचित्रप्रति दर्शकको उत्साह र चासो र यसको व्यापार हेर्दा यसलाई ब्लकबस्टर भन्न सजिलै सकिन्छ । चलचित्रले दैनिक १ करोडको गतीमा व्यापार गरेको यसका निर्माता समेत रहेका दिपकराज गिरीले जानकारी दिएका छन् । दिपकराजको कुरालाई मान्ने हो भने चलचित्रले ११ करोड भन्दा माथिको व्यापार गरिसकेको छ । यसैले यो चलचित्र पनि ब्लकबस्टर साबित भैसकेको छ ।

यसरी हेर्दा नेपाली चलचित्र क्षेत्रमा दीपाश्री पहिलो निर्देशक बनेकी छिन्, जसले ब्लकबस्टर चलचित्रको ह्याट्रिक गरेकी छिन् । चलचित्रले यही गती समात्यो भने तिहार अघि नै चलचित्र ‘छक्का पन्जा’ले राखेको रेकर्ड तोड्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment