+
+
Shares

ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ५ गते १२:३१

५ कात्तिक, जनकपुरधाम । जनकपुर ढल्केवर सडकखण्डअन्तर्गत मुजेलियामा सोमबार बिहान एक ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मुजेलिया इलाका प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र यादवका अनुसार उत्तरबाट जनकपुरधाम आउँदै गरेको ज २ त ११३ नम्बरको ट्याक्टरले हिरो होन्डा शो रुम अगाडिबाट मुजेलियातर्फ जाँदै गरेको ज ९ प ६१३३ नम्बरको स्कुटर चालक जनकपुरधाम उपहानगरपालिका– १० देवी चोककका ३० वर्षीय सन्दीप नायकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

स्कुटरको पछाडि बसेका राकेश गम्भीर घाइते भएका र उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?