Comments Add Comment

रविनासँग प्रियंकाको दशैंको टिका

नायिका प्रियंका कार्कीका लागि यसपटकको दशैं विशेष रहन पुग्यो । कारण, उनले यसपटकको दशैंमा दुई घरको टिका अनुभव गरिन् । नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेपछि प्रियंकाका लागि यो पहिलो दशैं थियो ।

यसैले, उनले यसपटक आयुष्मानको घरमा र आफ्नो घरमा टिकाको अनुभव गरिन् । हुनत, प्रियंकाका लागि दशैं अझै पनि सकिएको छैन । उनले, अझै पनि टिकाको दिन गन्ती गर्दै सेलिव्रेशन गरिरहेकी छिन् ।

उनै, प्रियंकाले आयुष्मानकी आमा रविना देशराजसँग टिका लगाएर आर्शिवाद थापिन् । टिका लगाउँदै आर्शिवाद थाप्दै गर्दाको एक तस्बिरले भने अहिले खुबै चर्चा पाएको छ ।

प्रियंका र रविनाले एक अर्काको ओठमा चुम्बन गर्दै माया साटासाट गरेका छन् । यसअघि प्रियंका र रविनाको स्विमिङ पूलमा विकिनी तस्बिरले पनि खुबै चर्चा पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment