Comments Add Comment

कस्तो छ साझाले ल्याएको बिजुली बस ? भिडियोसहित

६ कात्तिक, काठमाडौं । मंगलबारदेखि काठमाडौंमा विद्युतीय बस सेवा सुरु भएको छ । एसियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई दिएको पाँच वटा विद्युतीय बस लुम्बिनी एयरपोर्टमा अन्तर्राष्ट्रिय उडान सुरु नभएसम्म साझा यातायात प्रालीको व्यवस्थापनमा काठमाडौं उपत्यकामा गुडाउन लागिएको हो ।

यसलाई काठमाडौंको सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रवेशका रुपमा हेरिएको छ । काठमाडौंमा सुविधासम्पन्न बस गुडाउने सुरुवात साझाले नै गरेको थियो । साझा यातायात आफैंले विद्युतीय बस भित्र्याउन पहल गरिरहेको प्रमुख कार्यकारी अधिकृत भुषण तुलाधरले जानकारी दिए ।

कस्तो छ विद्युतीय बस ?

साझा यातायातले पाँच वटा बिजुली बस सुरुमा विभिन्न रुटमा गुडाएर परीक्षण गर्नेछ ।

त्यसपछि उपयुक्त रुट तोकेर सञ्चाल न गरिनेछ । प्रमुख कार्यकारी अधिकृत तुलाधरका अनुसार बसमा २० जना यात्रु सिटमै बसेर यात्रा गर्न सक्छन् ।

उभिएर यात्रा गर्न ओपन स्पेस पनि छ । यो बसमा अशक्त आपांग पनि सजिलै चढ्न सक्छन् । किनकी अपांगहरुलाई ह्वील चियर राखेर अटोमिटक रुपमा बसभित्र ल्याउन सकिने लिफ्ट सिस्टम जडान गरिएको छ । सिटका छेउमा चार्जका लागि यूएसबी पोर्टहरु राखिएका छन् । बसभित्र एसीको सुविधा छ ।

यो बस धेरै लमो छैन । लुम्बिनिी विकास कोषले पर्यटकहरुलाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनी क्षेत्रमा लैजान ल्याएकाले बस छोटा छन् ।
वातावरणीय दृष्टिले विद्युतीय बस निकै महत्वपूर्ण मानिन्छन् ।

अहिले काठमाडौंमा गुड्ने अधिकांश सार्वजनिक बसले प्रदुषण मापदण्ड पूरा गरेका छैनन् । विद्युतीय बस धुवाँरहीत हुने भएकाले यसको प्रयोगलाई सरकारले पनि जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment