Comments Add Comment

२० वर्षपछि नयाँ अवतारमा आयो हुण्डाईको ‘स्यान्ट्रो’

६ कात्तिक, काठमाडौं । हुण्डाईले आफ्नो लोकप्रिय ह्याचब्याक ‘स्यान्ट्रो’लाई नयाँ अवतारमा बजारमा उतारेको छ । २०१४बाट उत्पादन बन्द भएको स्यान्ट्रो ४ वर्षपछि सन् २०१८मा नयाँ अवतारमा बजारमा आएको हो ।

पहिलो उत्पादनको २० वर्षपछि फेरि स्यान्ट्रो ‘नयाँ जीवन’ लिएर आएको छ । कम्पनीले स्यान्ट्रो कारलाई सन् १९९८ मा पहिलोपटक बजारमा ल्याएको थियो ।

कम्पनीले स्यान्ट्रोको उत्पादन बन्द गरेपछि बजारमा ग्राण्ड आई-टेनलाई प्रवर्द्धन गरेको थियो । कम्पनीले नयाँ स्यान्ट्रोको विकास गर्न झण्डै १ हजार करोड भारु खर्च गरेको अनुमान छ ।

यो कारलाई पूर्ण रुपमा नयाँ प्लेटर्फममा तयार गरिएको अनुमान छ । नयाँ स्यान्ट्रो पहिलेको भन्दा पनि धेरै पि्रमियम अवतारमा आएको छ । पहिले इन्ट्री लेभलको मानिएको कार अहिले निकै परिस्कृत भएर आएको छ ।

स्यान्ट्रोलाई यही कारका ब्रान्ड एम्बेसडर भारतीय अभिनेता शाहरुख खानले सार्वजनिक गरे । यो कार अहिलेको आई-१० भन्दा लामो छ । यो कार फ्यामेली ह्याचब्याक भएको भन्दै उनले नयाँ स्यान्ट्रोले ग्राहकलाई सजिलो र बलियो विकल्प दिएको बताए ।

नयाँ स्यान्ट्रो ५ भेरियन्ट र सात रङमा उपलब्ध छ, यसको मूल्य भारतीय बजारमा ३ लाख ८९ हजार ९ सयदेखि ५ लाख ६४ हजार ९ सय भारतीय रुपैयाँसम्म छ । यसका अटोमेटिक ट्रान्समिसनको सुविधा पनि छ । यसमा ठूलो टचस्क्रीन डिस्प्ले सिस्टमसमेत छ ।


यसमा विभिन्न आधुनिक सुविधाहरु छन्, जसले कारलाई पि्रमियमस्तरको बनाएको छ । यो कार नेपाल ीकार बजारमा पनि प्रतीक्षामा छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईको स्यान्ट्रो छिट्टै नेपाली उपाभोक्ताका लागि ल्याउने अपेक्षा गरिएको छ ।

नेपालमा पनि स्यान्ट्रो निकै प्रचलित कार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment