Comments Add Comment

कामको चापले फुर्सद भएन ? यसरी निकाल्नुहोस् आफ्ना लागि समय

अहिले हाम्रो खर्चको आकार बढेको छ । खर्च बढेपछि कमाउनेपर्ने वाध्यता छ । कमाउनका लागि हामीले धेरै काम गर्नुपर्छ । धेरै काम गर्नका लागि हामीसँग सीमित समय छ । यस्तो अवस्थामा हामी न चुस्त ढंगले काम गर्न सकिरहेका हुन्छौं, न पुग्दो कमाई गर्न नै । अर्थात हाम्रो दैनिकी भद्रगोल हुन्छ ।

घरखर्च चलाउने, छोराछोरी हुर्काउने, पढाउने, चाडपर्व मनाउने, औषधी उपचार गर्ने, पाहुनापात टार्ने, बेलाबखत रमाइलो गर्ने कुराले हाम्रो खर्चको मिटर बढाइदिएको छ । त्यसमाथि भविष्यका लागि बचत गर्नुपर्ने आवश्यक्ता पनि छँदैन । यस्तो अवस्थामा कसरी काम गर्ने ? कति काम गर्ने ? काम गरेर आफ्ना लागि कसरी फुर्सद निकाल्ने ? यावत् कुरामा हामीले सोच्नुपर्ने भएको छ ।

हाम्रा साथीसँगी, जो धेरै काम गर्छन् । उत्तिकै कमाउँछन् । बचत पनि राम्रो छ । त्यती भएर पनि घुमफिर गरिरहेका छन् । रमाइलो गर्न पनि भ्याइरहेका छन् । तर, हामीसँग किन समय पुग्दैन ?

यसको एउटै जवाफ हो, हामीसँग समस्य व्यवस्थापन गर्ने क्षमता छैन । कसरी समयमै काम पुरा गर्ने ? कसरी आफ्नो लागि पनि समय बचत गर्ने ?

एक प्रतिनिधि कथा

काठमाडौको एक प्रतिष्ठित कम्पनीमा कार्यरत लैनचौरकी निभा बज्राचार्यलाई बेलुकी पाँच बजेपछि काम सक्न भ्याईनभ्याई हुन्छ ।

प्रत्येक दिनजसो अफिसियल मिटिङ तथा भेटघाटमा व्यस्त हुने उनलाई कामको व्यस्तताकै कारण  लञ्च आवरमै पनि खाजा खाने समेत फुर्सद हुँदैन । यतिका धेरै व्यस्तताका बाबजुद काम पूरा नहुदाँ कामको चापलाई लिएर उनी प्रत्येक दिन तनावमा रहने गर्छिन् ।

भन्छिन्, ‘आज त समयमै काम पूरा गर्छु भन्यो, भ्याउँदैभ्याउँदैन’ ।

निभा मात्र हैन, बानेश्वरकी सुस्मिता श्रेष्ठलाई पनि बेलामा कामको भ्याइनभ्याई हुन्छ । निभा र सुस्मिता त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्ता कयौ व्यक्तिहरु पनि छन्, जसले कामको चापलाई सही तरीकाले व्यवस्थापन गर्न नजान्दा समयमै काम पूरा गर्न नसकी तनावको शिकार हुने गर्छन् ।

जबकी काम भनेको यस्तो चीज हो, जसलाई रमाइलो तरीकाले गर्न सकेको खण्डमा न त यो बोझ नै न त यसको लागि धेरै परिश्रम नै गर्नुपर्छ । बरु निर्धारित समय भन्दा पहिले नै दिएको काम  पूरा गर्न सकिन्छ । साथै, उक्त काम पूरा गर्नको ला गि धेरै ब्रेक लिन पनि जरुरी हुँदैन ।

के गर्ने त ?

कुनै पनि काम पूरा गर्न बारम्बार ब्रेक लिन जरुरी छैन । आधा आधा घण्टाको बीचमा एउटा ब्रेक लिएको खण्डमा मात्र पनि उक्त काम पूरा गर्न सकिन्छ ।

अझ प्रत्येक दिनलाई नियमित काम र महत्ववूर्ण कामका लागि विभाजित गरेको खण्डमा तपाई काम प्रति बढी एकाग्र हुनसक्नुहुन्छ र काम छिटो पूरा गर्न सक्नु हुन्छ । यसका लागि पोरोडोरो टेक्निक (टाइमरको प्रयोगद्धारा कामलाई विभिन्न भागमा विभाजित गर्ने टेक्निक)को उपयोग गर्न सकिन्छ ।

यस टेक्निक अन्तर्गत कुनै पनि काममा कम्तीमा २५ मिनेट सम्म एकाग्रता तथा उर्जा कायम राख्न जरुरी हुन्छ । यस अवधीको अन्त्यमा पाँच मिनेटको ब्रेक लिएर आफूलाई समय दिन सकिन्छ ।

समयमै काम सकाउने

भनिन्छ , काम साचे आफूलाई, खाना साचे अरुलाई । काममा आलटाल गर्नु भनेको आफैलाई हानी गर्नु हो । त्यसैले कार्यालय समयमा आलटाल गरेर फेसबुक, टुइटर तथा इमेल चेक गर्नुभन्दा बरु एउटा समय निर्धारण गरेर दिएको कामलाई पूरा गर्नतिर लाग्नु पर्छ । यसले शरीरमा उर्जा प्रवाह गर्नुका साथै चुनौतीको सामना गर्न सिकाउँछ । साथै, चुनौतीले भरिएको काम गर्न उत्प्रेरित गर्छ ।

पछि गर्छु नभन्ने

कतिपय काम यस्ता हुन्छन् जो भन्नसाथ पूरा गर्न सम्भव हुँदैन । त्यसको लागि विषयको गहिराई जान्न आवश्यक हुन्छ । र, विषयको गहिराईमा पुग्नको लागि एकान्त र एकाग्रताको आवश्यकता पर्छ । त्यसैले, कुनै पनि काम गर्दा त्यसलाई यत्तिकै छोड्नु भन्दा त्यसको गहिराई बुझेर केही लेख्नु उचित हुन्छ । एक पटक लेख्न सुरु गरिसकेपछि लेख नसकिएसम्म त्यसलाई यसैपनि छोड्न मन लाग्दैन । त्यसैले कुनै पनि कामलाई पछि गर्छु भन्नु भन्दा अहिले गर्नतिर लाग्नु पर्छ । यसको काम समयमै पूरा गर्ने वातावरणको विकास गर्छ ।

म्युजिक सुन्ने

हेडफोन लगाएर पनि  काममा एकाग्रता जगाउन सकिन्छ । जरुरी छैन, हेडफोन लगाउँदैमा म्युजिक नै सुन्नु पर्छ । हेडफोन लगाएको मान्छेलाई बोलाउन वा डिस्टर्ब गर्नर् मान्छे अलिकति भएपनि हिच्किचाउने गर्छन्  ।

कामको महत्वका आधारमा समय निर्धारण गर्ने

सफलता तब सम्म प्राप्त हुँदैन, जबसम्म कामलाई महत्वका साथ पूरा गरिँदैन । त्यसैले, प्रत्येक अनावश्यक कामको लागि दश मिनेट वा सो भन्दा कम समयमा पूरा गर्ने लक्ष्य राख्नुस् ।

अफिसमा क्षमता बढाउनका लागि यस्ता ऐप्स प्रयोग गरौ ।

क्लिपआर्ट

यो एपले सबै वर्ड डकुमेन्ट्सलाई एकै ठाउँमा राख्दछ । आवश्यकता परेको बेलामा यसलाई एडिट गरेर तपाई निश्चित बदलाव समेत गर्न सक्नुहुन्छ ।

हाई  राइज

यो ऐपले नोट, इमेल तथा क्यालेण्डरलाई एकै ठाउँमा राख्दछ । र, गरिरहेको काम तथा प्रस्तावको अगुवाई गर्दछ । तपाई जहासुकैं भएपनि यो ऐपको मद्दतले तपाई थुप्रै सुचनाहरु प्राप्त गर्न सक्नुहुन्छ ।

 क्यारेट

यसलाई टु-डु लिष्ट पनि भन्ने गरिन्छ । यदी कुनै काम निर्धारित समयमा पूरा नभएको खण्डमा यो एपले आवेगले भरिएको म्यासेज तथा रिमाइन्डर पठाएर आफ्नो नैराश्यता जताउँछ । जसले गर्दा तपाई पून उक्त काम पूरा गर्नतिर लाग्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment