Comments Add Comment

सरकारी कार्यालयमा दशैंको असरः विदा सकिएपनि हाकिमकाे कुर्सी खाली !

६ कात्तिक, वीरगंज । दशैं मनाएर कर्मचारी र्फकनेक्रम शुरु भएसँगै पर्सा जिल्लाका सरकारी कार्यालयहरु विस्तारै सामान्य अवस्थामा र्फकन थालेका छन् ।

धेरै सेवाग्राहीहरुको चाप रहने गरेको मालपोत, भूमि सुधार, जिल्ला प्रशासन, वीरगञ्ज महानगरपालिका लगायतका कार्यालयहरुमा सेवाग्राहीको चहलपहल देखिन थालेको छ ।
पहाडका अधिकांश जिल्लामा दशैं कोजाग्रत पूणिर्मासम्म मनाउने चलन भएकाले उताका कतिपय कर्मचारीहरु अझै कार्यालयमा पुगिनसकेको पाईएको छ, जसले गर्दा सेवाग्राहीहरुलाई सेवा पाउन सास्ती भईरहेको छ ।

विशेषगरि तल्लो तहका भन्दा अधिकृत तहका कर्मचारीहरु लामो विदामा बसेका छन् । तल्लो तहका कर्मचारीहरु आईतबारदेखि नै कार्यालयमा पुगिसक्दा कतिपय कार्यालयका अधिकृत स्तरका कर्मचारीहरुको कुर्सी खाली छ ।

मालपोत कार्यालयमा आईतबार, सोमबारको तुलनामा मंगलबार सेवाग्राहीहरुको भिड बढेको लेखापढी कानुन व्यवसायी संघ पर्साका अध्यक्ष रामाधार प्रसाद कलवारले जानकारी दिए ।

‘पहिलो दिन कर्मचारीहरु पनि कम थिए, सेवाग्राहीहरु पनि कमै आए, विस्तारै कर्मचारीहरु आउने क्रम र सेवाग्राहीहरु आउने क्रम बढेको छ’, उनले भने, ‘अब पूणिर्मापछि सामान्य अवस्थामा र्फकन्छ ।’

वीरगञ्ज महानगरपालिकामा भने सेवाग्राहीको संख्या खासै बढ्न सकेका छैन । दैनिक २ सय देखि ८ सयसम्म चिठ्ठीपत्र दर्ता हुने कार्यालयमा एक डेढ सयको हाराहारीमा मात्रै चिठ्ठी पत्र दर्ता भईरहेका छन् भने अन्य फाँटमा पनि फाट्टफुट्ट मात्रै सेवाग्राहीहरु देखिएका छन् ।

महानगरपालिका कार्यालयका दर्ता फाँटका कर्मचारी रोज मियाँका अनुसार चाडपर्वका कारण सेवाग्राहीको संख्या अन्य समयको तुलनामा निक्कै घटेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा नियमित काम भईरहेको छ । चाडवाडको समयमा अन्य समयमा जस्तो सेवाग्राही नभएपनि हात खाली बस्न नपाईएको प्रशासनका कर्मचारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment