Comments Add Comment

टर्कीका राष्ट्रपति भन्छन्- पत्रकार खासोग्जीको हत्या ‘पूर्वनियोजित’

६ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रेतेप तथ्यय एर्दोआनाले साउदी अरबका पत्रकार जमाल खासोग्जीको हत्या ‘पूर्वनियोजित’ भएको दाबी गरेका छन् ।

संसदलाई सम्बोधन गर्दै राष्ट्रपति एर्दोआनाले साउदी अरबको वाणिज्य दूताबासमा पत्रकार खासोग्जीको हत्या भएको प्रमाणहरु टर्कीले जुटाएको दाबी गरेका हुन् । उनले भने, ‘यसको पूर्ण वास्तविकता बाहिर ल्याउनुपर्छ ।’

जमाल खासोग्जी साउदी अरबका नागरिक हुन् । पछिल्लो समय अमेरिकामा बस्दै आए थिए । उनी केही दस्तावेजका लागि २ अक्टोबरमा टर्कीस्थित साउदी अरबको बाणिज्य दूताबासमा गएका थिए । तर, फर्किएर आएनन् ।

टर्कीले साउदीको बाणिज्य दूतावासकै पत्रकार खासोग्जीको हत्या भएको दाबी गर्दै आएको छ ।

सुरुमा साउदीले यो आरोप अस्वीकार गरेको थियो । तर, हालै मात्र उसले दूताबासमा भएको झगडामा उनी मारिएको स्वीकार गरेको छ । उसका विदेशमन्त्री अदेल जुबैरले यसलाई ‘गम्भीर भूल’ भनेका छन् । तर, राजकुमार मोहम्मद बिन सलमानको यसमा कुनै भूमिका नभएको उनले बताएका छन् ।

टर्कीका राष्ट्रपति एर्दोआनाले भने साउदीसँग पत्रकार खासोग्जीको शव कहाँ छ भन्ने जवाफ माग गरेका छन् । उनका अनुसार विभिन्न फ्याइटमार्फत १५ जना साउदी अरबका नागरिक आएका थिए, जो हत्यामा संलग्न छन् ।

हत्याको अघिल्लो दिन केही मानिस दुताबास नजिकैको जंगलमा भएको उनको दाबी छ । यो जंगल त्यही क्षेत्र हो, जहाँ गत साता टर्की प्रहरीले खासोग्जीको शव खोजेको थियो ।

उनले खासोग्जी पुग्नुअघि वाणिज्य दूताबासमा रहेको निगरानी क्यामेरा सिस्टमबाट हार्ड ड्राइभलाई कसरी हटाइएको थियो भनेर समेत संसदमा सुनाएका छन् ।

उनले घटनाबारे छानविनका लागि स्वतन्त्र आयोग बनाउन माग समेत गरेका छन् । साथै साउदी अरबका राजा सलमानले पूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे ।

टर्कीका राष्ट्रपति एर्दोआनाले साउदीका राजकुमार मोहम्मद बिन सलमानको नाम लिएनन् । जो साउदीमा सबैभन्दा शक्तिशाली व्यक्तिका रुपमा उदाएका छन् र उनले नै पत्रकार खासोग्जीको हत्या गर्न आदेश दिएको धेरैको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment