+
+
Shares

एकैदिन साढे १३ सय पर्यटक पुगे बसन्तपुर, राजस्व हृवात्तै बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ७ गते १२:२८

७ कात्तिक, काठमाडौं । काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा वाहृय पर्यटकको चहलपहल बढेको छ ।  मल्लकालीन दरबार क्षेत्र बसन्तपुरमा वाहृय पर्यटकको आउजाउ बढेसँगै राजस्व संकलन पनि बढेको छ ।

वि.स. २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक तथा सांस्कृति सम्पदाको पुनर्निर्माण भइरहेकाले बसन्तपुरमा पर्यटकको आकर्षण बढेको हो । ५ कात्तिकमा यो वर्षकैं सबभन्दा धेरै पर्यटकले बसन्तपुर दरबार क्षेत्रको भ्रमण गरेको हनुमान ढोका दरवार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले बताए ।

उनका अनुसार कात्तिक ५ गते सार्क राष्ट्रबाट आउने पर्यटकको संख्या ८२ थियो भने अन्य देशबाट १ हजार २ सय ६९ जना पर्यटकले बसन्तपुर दरबार क्षेत्रको अवलोकन गरे ।

यो संख्या यस आर्थिक वर्षकैे सबैभन्दा बढी भएको उनको भनाई छ । पर्यटकको संख्या बढेसँगै प्रवेश शुल्क पनि बढेको उनले बताए । ५ कात्तिकमा १२ लाख ८१ हजार ३०० रुपैयाँ प्रवेश शुल्क संकलन भएको छ ।

कात्तिक ४ गतेको तथ्याकं अनुसार त्यस दिन सार्क राष्ट्रबाट ९९ जना र अन्य राष्ट्रबाट १ हजार १ सय १९ जना पर्यटक आएका थिए । त्यस दिन ११ लाख ३३ हजार ८ सय ५० रुपैयाँ शुल्क संकलन भएको थियो ।

बसन्तपुर दबार क्षेत्रमा घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कवापत् १५० रुपैयाँ तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले १ हजार रुपैयाँ तिर्नुपर्छ ।  बसन्तपुरबाट औसतमा दैनिक १० लाख रुपैयाँभन्दा बढी शुल्क उठ्ने गरेको पसखल बताउँछन् ।

शुल्कवापत् दैनिक संकलन हुने रकमलाई पर्यटकको संख्या बढाएर १५ लाख रुपैयाँसम्म पुर्‍याउने लक्ष्य रहेको उने बताए ।  बसन्तपुर क्षेत्रका सांस्कृतिक संरचना पुननिर्माणमा तीब्रता दिइएकोले पर्यटकको संख्या बढेको उनको भनाई छ ।

उनका अनुसार अहिले नौतले दरबार र काष्ठमण्डप पुननिर्माण भइरहेका छन् भने माजु देग पुननिर्माणको थालनी हुने चरणमा छ।

कुमारी घरको भूकम्पीय संवेदनशीलताको प्राविधिक परीक्षण तथ्य विश्लेषण भइरहेको र गद्दी बैठकको यस अघि नै पुननिर्माण सम्पन्न भइसकेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?