Comments Add Comment

कपडा तस्करीको आरोपमा युवक पक्राउ

७ कात्तिक, वीरगञ्ज । नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले ८५ लिटर डिजेल नियन्त्रणमा लिएको छ । पर्साको जिराभवानी गाउँपालिका १ बाट डिजल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भारतमा नेपालमा भन्दा पेट्रोलियम पदार्थको मूल्य बढी रहेका कारण ग्रामीण क्षेत्रमा खोलिएका पेट्रोल पम्पहरुबाट डिजल, पेट्रोल खरिद गरी जर्किनमा राखेर भारतीय सीमावर्ती शहरहरुमा पुर्‍याउने गरिएको छ ।

त्यस्तै वीरगञ्जबाट प्रहरीले भन्सार छलेर ल्याएको कपडालगायत विभिन्न समान बरामद गरेको छ । कपडा तस्करीमा संलग्नको आरोपमा बहुदरमाई नगरपालिका ४ बस्ने ४२ बर्षका मिश्रलिाल साहलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

साहको साथबाट डेढ लाख मूल्य बराबरको कपडा बरामद गरिएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा वीरगञ्ज माहानगरपालिकाको विभिन्न स्थानहरुबाट कपडा, इलेक्ट्रोनिक्सका समानहरु बरामद गरिएको उनको भनाइ छ ।

प्रहरीले सुतीको साडी २०० पिस , थान कपडा १७ पिस, कुर्ता सुरुवालको १० पिस , बच्चाको कपडा ३५ पिस, बच्चाको लेहंगाँ ५ पिस, स्विच १६० पिस, पंखाको रेगुलेटर १० पिस , बोर्ड फाइवर ४ पिस ,होल्डर ८८ पिस, टुपिट ५२ पिस, लुकिङ ग्लास ३ पिस, हेडलाईट २ पिस, साइडलाइट ४ पिस, ट्रक माथि राख्ने लाइट १० पिस, ˆयाक्स लाइट ६ पिस, गाडीको वाइरिङ तार बरामद गरिएको जनाएको छ ।

गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्ने क्रममा समानहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । समानहरु आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीले पर्साको सखुवा प्रसौनीबाट अवैध रुपमा कटान गरिएको ७ थान सालको गोलिया नियन्त्रणमा लिएको छ । सखुवा प्रसौनी गाउँपालिका वडा नं १ राम जानकी मन्दिरको पछाडी चौरमा बेबारिसे अवस्थामा राखिएका ७ थान सालको गोलिया नियन्त्रणमा लिएको हो ।
बरामद गरिएको गोलिया आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment