+
+
Shares

चितवन राष्ट्रिय निकुञ्ज बढायो शुल्क, व्यावसायीको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ७ गते १८:०३

७ कात्तिक, चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज प्रवेश शुल्कमा वृद्धि गरेको छ । गएको असोज २९ गतेबाट पर्यटक प्रवेश शुल्कमा ३३ प्रतिशतले वृद्धि गरेको छ ।

निकुञ्जका प्रवक्ता नुरेन्द्र अर्यालका अनुसार निकुञ्ज प्रवेशमा नेपालीहरुले १५० रुपैयाँ, सार्क देशका पर्यटकले एक हजार र अन्य देशका पर्यटकले दुई हजार रुपैयाँ तिनुपर्ने भएको छ ।

यसअघि नेपालीले ११३, सार्क देशका पर्यटकले ७५० र अन्य देशका पर्यटकले एक हजार पाँच सय रुपैयाँ बुझाउँदै आएका थिए ।

प्रवक्ता अर्यालले शुल्क नबढाएको ६ वर्ष भएकोले समय सापेक्ष हुने गरी शुल्क वृद्धि गरिएको बताए ।

यसअघि २०६९ सालमा मात्र पर्यटक शुल्क वृद्धि भएको थियो । निकुञ्जले गत आर्थिक वर्षमा प्रवेश शुल्क वापत १६ करोड ७८ लाख ५४ हजार ६५० रुपैयाँ राजश्व संकलन गरेको थियो ।

निकुञ्जले बढाएको शूल्कको सौराहाका पर्यटन व्यवसायीहरुले बिरोध गरेका छन् । हठात रुपमा पूर्वजानकारी विना निकुञ्जले शुल्क वृद्धि गरेकोमा क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले आपत्ति जनाएका छन् ।

वेमौसमी ढंगले बढाइएको शुल्कले व्यवसायीहरुलाई मर्कामा पारेको उनको भनाइ छ । निकुञ्जले चार दशकदेखि प्रवेश टिकट बेच्दा पनि व्यवसायीहरुलाई उपभोक्ताको रुपमा नहेरेको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?