Comments Add Comment

नोजलबाट कम पेट्राेल बेच्ने भद्रकाली आयल स्टोर्समाथि २ लाख जरिवाना

७ कात्तिक, काठमाडौं । काठमाडौंको गोठाटारमा रहेको भद्रकाली आयल स्टोर्सले मापदण्डभन्दा कम परिमाणमा तेल बेच्ने गरेको पाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमले संयुक्त रुपमा गरेको अनुगमनमा भद्रकाली आयल स्टोर्सको बदमाशी खुलेको हो ।

कागेश्वरी मनहरा नगरपालिका-९ अर्थात साविकको गोठाटार-७ मा रहेको उक्त आयल स्टोर्सले नोजलबाट मापदण्डभन्दा कम परिमाणमा इन्धन विक्रि गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी रघुनाथ महतले अनलाइनखबरलाई जानकारी दिए ।

पम्पको बदमाशी खुलेपछि २ लाख रुपैयाँ जरिवाना गराइएको उनले बताए । नोजलबाट मापदण्ड अनुसारको परिमाणमा बिक्रि वितरणको व्यवस्था नमिलाएसम्म पम्पबाट पेट्राेल बिक्री वितरणमा समेत रोक लगाईएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ ले निषेधित एवं अनुचित व्यापारिक क्रियाकलाप गर्ने विरुद्ध तत्कालै कारवाहि गर्न विभागलाई बाटो खुला गरेकाले अब अनुगमन तिव्र पारिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment