Comments Add Comment

गुल्मीमा जीप दुर्घटनामा १ जनाको मृत्यु १६ घाइते

७ कात्तिक, गुल्मी । गुल्मीमा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

बुधबार साँझ जिल्लाको इस्मा गाउँपालिका २ छल्दी पनाहा नजिकै लु १ च ७३७० नम्बर जीप दुर्घटना हुँदा इस्मा गाउँपालिका २ पालुखाका १४ वर्षका बिमल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते केसी उपचारको लागि तम्घास ल्याउने क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक रोशन खड्काले बताए । दुर्घटनामा घाइतेहरु सबैको जिल्ला अस्पतालमा उपचारको लागि ल्याइएको प्रहरीले जनाएको छ । जीप जिल्लाको सदरमुकाम तम्घासबाट पालुखा जाँदै गरेको थियो ।

जीपमा जोगीथुमबाट पूणिर्मा मेला हेरेर फर्किने यात्रुहरु धेरै चढेर उकालोमा ओभर लोड ब्रेक फेल भएर दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका हवल्दार देवीप्रसाद पौडेलले बताए ।

घाइतेमध्ये चालक गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीप सडकबाट करिब ६० मिटर खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment