Comments Add Comment

रेष्टुरेन्टमा पानी पिएर १० हजार डलर टिप्स

रेष्टुरेन्टमा खाइसकेपछि वेटर–वेट्रेसलाई अलिकति टिप्स दिने त चलनै छ । तर यदि कोहीले टिप्स नै लाखौँ रुपैयाँ दियो भने टिप्स पाउने त छक्क पर्ने नै भयो, सुन्नेहरुलाई पनि अचम्म लाग्दो रहेछ ।

चर्चित युट्युब ब्लगर जिम्मी डोनाल्डसनले हालै एक रेष्टुरेन्टमा वेट्रेसलाई १० हजार डलर टिप्स दिएको घटनाले अहिले चर्चा कमाइरहेको छ । घटना अमेरिकाको नर्थ क्यारोलिनास्थित ग्रिनभिल्लेमा रहेको सुप डग्स रेष्टुरेन्टमा गत शनिबार भएको हो ।

१० हजार डलर टिप्समा पाउने भाग्यमानीको नाम हो, एलेना क्लस्टर ।

उक्त रेष्टुरेन्टमा साँझ अबेर छिरेका थिए जिम्मी । उनले भित्र छिरेर केहीबेर कुर्सीमा बसे र दुई बोतल पानी मगाए । अनि टेबुलमा १० हजार डलर राखिदिएर उनी निस्किए । पानी पुर्याउन जाने वेट्रेसले त्यो रकम हात पारिन् ।

सुरुमा जिम्मीलाई कसैले चिनेन तर जब १० हजार डलर टिप्स छाड्ने ग्राहकको पहिचानको खोजी भयो तब उनी चर्चित युट्युबर जिम्मी भएको खुलासा भयो ।

जीवनमा कहिल्यै पनि कल्पना नगरेको यत्रो टिप्स पाएपछि एलेनाले भनेकी छिन्– दुनियाँमा मानवियता अझै ज्यूँदै रहेछ ।

मोटो रकम टिप्स दिने मामिलामा जिम्मी अगाडि छन् । यसअघि उनले एक पिज्जा डेलिभरी गर्ने युवकलाई पनि १० हजार डलर टिप्स दिएका थिए । पिज्जा ब्वायलाई १० हजार डलर टिप्स दिएको भिडियो उनी आफैंले अपलोड गरेका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment