Comments Add Comment

गुरु नानकका अनमोल वचन, जसले उत्साह र उर्जा जगाउँछ 

गुरु नानक देव सिख धर्मका पहिलो गुरु थिए । गुरु नानकले नै ‘सिख धर्म’का स्थापना गरे । उनको जन्म सन् १४६९ अपि्रल १५ मा भएको थियो, पञ्जाब प्रान्तमा । अहिले यो स्थापन पाकिस्तानमा छ ।

उनी बाल्यकालदेखि नै आध्यात्मिक ज्ञानका प्रवर्तक थिए । उनको बुझाई थियो कि, यो संसार ईश्वरद्वारा बनाइएको । हामी उनैका सन्तान हौ । ईश्वर सबैसँग छ, जसले राम्रो काम र नराम्रो कामको बोध गराउँछ । यहाँ उनै गुरु नानकका केही प्रेरणादायी भनाई राखिएको छ, जसले हामीलाई उत्साह, उर्जा र सकारात्मक भाव पैदा गराउँछ ।

–     केवल त्यही शब्द बोल्नुपर्छ, जुन शब्दले हामीलाई सम्मान दिलाउँछ ।

–     बन्धु हो, हामी मृत्युलाई खराब भन्दैनौ, जब हामीले मर्ने कला सिक्छौ ।

–     यो संसार कठिनाइले भरिएको छ, जसलाई स्वयम्माथि भरोसा छ उही नै विजेता कहलाइन्छ ।

–     ईश्वर सर्वत्र विद्यमान छन्, उनी हाम्रा पिता हुन् । त्यसैले संसारमा भएका सवैसँग मिलिजुली प्रेमपूर्वक बाँच्नुपर्छ ।

–     कहिले पनि, कुनैपनि परिस्थितीमा अरुको अधिकार हनन गर्नु हुँदैन ।

–     तपाई सबैको सद्भावना नै मेरो सच्चा सामाजिक प्रतिष्ठा हो ।

–     जो व्यक्ति आफ्ना घरमा पनि शान्तिपूर्वक जीवन व्यतित गर्छन्, उनलाई यमदूतले पनि केही गर्न सक्दैन ।

–     सच्चा धार्मिक त्यही हो, जो सबै व्यक्तिलाई समान रुपले सबैको सम्मान गर्छ ।

–     कहिले पनि खराब कार्य गर्नका लागि नसोचौं, अरुलाई सताउने काम नगरौं ।

–     इमान्दारितापूर्वक मेहनतले आर्जेको धनले आफ्नो पेट पाल्नुपर्छ ।

–     संसार जित्नका लागि अरुलाई उछिन्ने होइन । बरु आफैभित्रको कमजोरी र विकारमाथि विजय प्राप्त गर्नुपर्छ ।

–     अहंकारले कुनैपनि मान्छेलाई मान्छे बनेर रहन दिदैन, त्यसैले अहंकार वा घमन्ड त्याग्नुपर्छ ।

–     धनलाई खल्तीसम्म मात्र स्थान दिनुपर्छ, आफ्नो हृदयमा होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment