+
+
Shares

मोटरसाइकल र स्कुटर दर्ता अब प्रदेशका नाममा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते १२:०२

८ कात्तिक, काठमाडौं । अब मोटरसाइकल र स्कुटरको दर्ता प्रदेशकै नाममा हुने भएको छ । प्रदेशअनुसार नै दर्ता गर्ने गरी मन्त्रिपरिषदले नियमावलीमा हेरफेर गरेको छ ।

अब यो निर्णय राजपत्रका प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ । अब बाइकको नम्बर प्लेटमा अञ्चलको ठाउँमा प्रदेशको नाम अथवा प्रदेशको संकेत नम्बर हुनेछ ।

त्यसको पछि कार्यालयको कोड राखेर लट नम्बर र नम्बर राखेर वितरण गरिनेछ । बागमतीमा अब ‘१००’ लटका बाइकको दर्ता सुरु हुनेछ ।

साविकको बाग्मती अञ्चलमा ९९ लटसम्म मोटरसाइकल दर्ता भइसकेको छ । १०० को लटमा प्रवेश गर्न कानुनी अड्चन परेको थियो ।

व्यवस्था नियमावलीमा २ डिजिटसम्म मात्रै लट नम्बर राखेर मोटरसाइकल दर्ता गर्न पाइने व्यवस्था थियो ।

यातायात मन्त्रालयले अड्चन फुकाउन अञ्चलकै नाममा दर्ता गर्ने गरी प्रस्ताव मन्त्रिपरिषदमा लगे पनि प्रधानमन्त्रीले अब अञ्चलको नाम हटाएर ल्याउन भनेका थिए । पुनः प्रदेशको नाम र संकेत नम्बर रहने गरी नियमावली संशोधनको प्रस्ताव लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?