Comments Add Comment

पर्यटन मन्त्रीका कार्यकर्ता अमेरिका जान खोज्दा लफडा

८ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले आफ्ना स्वकीय सचिवालयका सदस्यलाई विदेश भ्रमणमा मनोनयन गरेकोमा प्रधानमन्त्री कार्यालयले चासो राखेको छ ।

मन्त्री अधिकारीले दुईवटा विदेश भ्रमणमा आफ्ना दुईजना स्वकीय सचिवालय सदस्यको नाम राख्न प्रस्ताव गरेपछि मन्त्रिपरिषदको कार्यालयले चासो राखेको हो ।

प्रधानमन्त्री कार्यालयबाट जारी भएको भ्रमण निर्देशिका अनुसार सरकारी कोषबाट स्वकीय सचिवालयले विदेश भ्रमण गर्न पाउँदैनन् । रातो पार्सपोर्ट बेच्ने, महत्वपूर्ण देशमा गएपछि उतै लुक्ने समस्या बढेपछि स्वकीय सचिवालयका सदस्यहरुलाई त्यस्तो भ्रमणमा रोक लगाइएको थियो ।

तर, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीका स्वकीय सचिव राजेन्ऽ आचार्य र मन्त्रालयका दुई उपसचिव अमेरिकास्थित मदरल्याण्ड नामक एक गैरसरकारी संस्थाको कार्यक्रममा भाग लिन अमेरिका जान लागेका हुन् । भ्रमण दलमा उपसचिवद्वय रामकृष्ण लामिछाने र प्रकाश ढकाल छन् ।

आफूहरु अफिसियल कार्यक्रमका लागि ८ नोभेम्बरदेखि ४ दिनसम्म अमेरिका जान लागेको उपसचिव ढकालले अनलाइनखबरलाई जानकारी दिए ।

यस्तै आगामी नोभेम्बरमा जर्मनीमा हुने विश्व पर्यटन सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर टोलीमा पनि मन्त्री अधिकारीको स्वकीय सचिवालयका कम्प्युटर अपरेटरलाई समेटिएको छ । उक्त भ्रमणको खर्च नेपाल पर्यटन बोर्डले व्यहोर्ने छ ।

मन्त्री अधिकारीले राज्यकोषको खर्चबाट स्वकीय सचिवालयका सदस्यलाई विदेश भ्रमण गराउन थालेको भन्दै मन्त्रिपरिषदको कार्यालयमा उजुरी परेको स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment