+
+
Shares

घरआँगन सहकारीको ११ औं साधारणसभा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते १५:०६

८ कार्तिक, वीरगञ्ज । वीरगञ्जको घर आँगन बचत तथा ऋण सहकारी संस्थाको ११ औं बाषिर्क साधारण सभा बिहीबार गरिएको छ ।

साधारणसभाको उद्घाटनमा वक्ताहरुले सहकारीले स्वरोजगारमार्फत सदस्यहरुलाई आत्मनिर्भर बन्न उत्प्रेरित गर्नुपर्ने बताएका छन् । सहकारीहरुले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा वृहत लगानी गर्नुपर्नेमा पनि उनीहरुले जोड दिए ।

वीरगञ्ज महानगरपालिकाको वडा नं ९, १०, ११, १२ र १३ वडा कार्य क्षेत्र रहेको घर आँगन बचत तथा ऋण सहकारी संस्थाले १ सय ४३ महिला सहित ४८७ जना सदस्यहरुको बीचमा १ करोड २३ लाख १४ हजार ८ सय ८६ रुपैयाँको कारोबार गरिरहेको छ ।

आर्थिक वर्ष ०७३/७४ मा ४३ लाख ९७ हजार ५९ रुपैयाँको मात्रै कारोबार गरेको सहकारीले आर्थिक वर्ष ०७४/७५ मा कारोबार तेब्बर बढाउन सफल भएको संस्थाका व्यवस्थापक प्रभाकर गुप्ताले जानकारी दिए ।

सहकारीले घर आँगनमा गएर सदस्यहरुको स-साना पुँजी संकलन गरेर सदस्यहरुमै लगानी गर्दै आएको संस्थाका अध्यक्ष मनोजकुमार साह कानुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?