+
+
Shares

सालको काठको सरकारी दर क्यूफिटमा १३ सयसम्म बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते १५:३२

८ कात्तिक, काठमाडौं । काठमाडौंका बजरमा सालको काठ प्रति क्यूफिटको ६ हजारसम्म पर्छ । तर, सरकारले भर्खरै सालको काठको नयाँ दर रेट तोकेको छ । जसमा १६ सय रुपैयाँ मूल्य कायम गरिएको छ । सरकारले सालको काठको सरकारी दररेटमा एकैपटक १३ सय रुपैयाँले वृद्धि गरेको हो ।

वन मन्त्रालयका एक अधिकारी यति मूल्य कायम गर्न पनि ठूलो कसरत गर्नु परेको बताउँछन् । सरकारले वन नियमावलीमा संशोधन गर्दै साल अर्थात् सखुवाको काठको मूल्य बढाएको हो । अब सालको सरकारी दर रेट क्युफिट १६ सय रुपैयाँसम्म पुगेको छ ।

यसअघि सालको काठको सरकारी दर रेट जम्मा ३ सय रुपैयाँ मात्रै थियो । यसका कारण वन फाँड्न काठका माफियाले अनेक बाहना झिक्ने गरेका थिए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन वन कटानको प्रक्रिया सुरु हुनु अगावै सरकारले सालको काठको मूल्यमा भारी वृद्धि गरेको हो ।

सरकारले सालकै विशेष प्रजाति मानिने ‘सतिसाल’ अधिकतम् प्रति क्यू फिट १६ सय रुपैयाँ तिर्नै पर्ने व्यवस्था गरेको छ । अब सस्तोमा सरकारी काठ कब्जा गरेर कुस्त कमाउनेहरुको दिन गएको दावी वन मनत्रालयका अधिकारीहरुको छ ।

अब ‘ए’ ग्रेडको सालको काठको मूल्य १ हजार तोकिएको छ । ‘बी’ ग्रेडको काठको ७ सय र ‘सी’को ५ सय रुपैयाँ तोकिएको छ । यसअघि काठको ग्रेड तोकिएको थिएन ।

सरकारले अब खयर जराको मूल्य प्रतिकिलोग्राम ३३ रुपैयाँ तोकेको छ । यसअघि खयरको जराको दर रेट भने प्रतिकिलोग्राम १० रुपैयाँ थियो जसका कारण बहुमूल्य खयरको दुरुपयोग हुने गरेको थियो ।

अब आयतन निकाल्दा लम्बाईलाई पनि अन्तिम इन्चसम्म मान्नुपर्ने व्यवस्था नियमावलीमा छ । सरकारले विभिन्न जडिबुटीको नयाँ दरररेट पनि कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?