News Summary
Generated by OK AI. Editorially reviewed.- एनपीएल तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सका शेर मल्लले सुदूरपश्चिम रोयल्सविरुद्ध तीन विकेट लिएर १० रन खर्चिए।
- मल्लले ३.१ ओभरमा विनोद भण्डारी, ९.२ ओभरमा शेरफन रदरफोर्ड र ९.४ ओभरमा स्कट कुगेलेइनलाई आउट गरे।
- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले स्कट कुगेलेइनको एलबीडब्लुमा अम्पायरको निर्णयविरुद्ध रिभ्यू लिएका थिए।
९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सका बलर शेर मल्लले तीन विकेट लिएका छन् ।
उनले उपविजेता टोली सुदूरपश्चिम रोयल्ससँगको उद्घाटन खेलमा तीन ओभरमा १० रन खर्चेर तीन विकेट लिएका हुन् ।
उनी तेस्रो संस्करणमा अहिलेसम्म सबैभन्दा बढी विकेट लिने खेलाडीमा नाम दर्ज गराउन सफल भएका छन् ।
मल्लले ३.१ ओभरमा ओपनर सुदूरपश्चिमका ब्याट्सम्यान विनोद भण्डारीलाई पहिलो विकेटका रुपमा पभेलियन फर्काएका थिए । उनले ९.२ ओभरमा शेरफन रदरफोर्डको विकेट लिएका थिए ।
रदरफोड ठूलो शटको प्रयासमा आउट भएका थिए । बल माथि मात्रै गएपछि लङअनमा आसिफ शेख बल समात्न सफल भएका थिए ।
मल्लले सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइनलाई ९.४ ओभरमा आउट गरेका थिए । उनी एलबीडब्लु आउट हुन पुगेका थिए । अम्पायरले आउट नदिएपछि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले रिभ्यू लिएका थिए ।
प्रतिक्रिया 4