News Summary
Generated by OK AI. Editorially reviewed.- एनपीएल तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले ८.२ ओभरमा पाँचौं विकेटका रूपमा इशान पाण्डेलाई गुमाएको छ।
- लुम्बिनी लायन्सका शेर मल्लले ३.१ ओभरमा विनोद भण्डारीलाई आउट गरेका थिए भने किशोर महतोले आरिफ शेख र ब्रान्डन म्याकमुलेनलाई पभेलियन फर्काएका थिए।
- ५.४ ओभरमा चौथो विकेट गुमाउँदा सुदूरपश्चिम रोयल्सले ३४ रन मात्र जोडेको थियो।
९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले पाँचौं विकेट गुमाएको छ ।
सुदूरपश्चिम रोयल्सले ८.२ ओभरमा इशान पाण्डेलाई पाँचौं विकेटका रुपमा गुमाएको हो । उनलाई साविक विजेता लुम्बिनी लायन्सका तिलकराज भण्डारीले पभेलियन फर्काएका हुन् । भण्डारीको बलमा कप्तान रोहित पौडेलले क्याच गरेर पाण्डेलाई आउट गरेका हुन्।
लुम्बिनीका शेर मल्लले ३.१ ओभरमा ओपनर सुदूरपश्चिमका ब्याट्सम्यान विनोद भण्डारीलाई पभेलियन फर्काएका थिए ।
उनीपछि आरिफ शेख एक ओभरमा सुदूरपश्चिमका लागि रन जोड्न नपाउँदै आउन हुन पुगेका थिए । आरिफलाई लुम्बिनीका किशोर महतोले आउट गरेका थिए ।
किशोरले नै सुदूरपश्चिमका लागि खेलिरहेका ब्रान्डन म्याकमुलेनलाई बोल्ड गरेका थिए । ब्रान्डन ४.४ ओभरमा पभेलियन फर्किएका थिए । उनले सुदूरपश्चिमका लागि दुई बल खेल्दै दुई रन जोडेका थिए ।
सुदूरपश्चिमले सैफ अली जैबलाई चौथो विकेटका रुपमा गुमाएको थियो । ५.४ ओभरमा चौथो विकेट गुमाउँदा सुदूरपश्चिम रोयल्सले मात्र ३४ रन जोडेको थियो ।
प्रतिक्रिया 4