Comments Add Comment

केन्द्र सरकारसँग हात जोड्न र शीर झुकाउनुपर्दैन : मुख्यमन्त्री राउत

८ कात्तिक, रौतहट । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारसँग हात जोड्नु र शीर झुकाउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

रौहतहटको गौरमा जमिअत उलमाए नेपालद्वारा बिहीबार आयोजित ‘अल नेपाल शैक्षिक जागरण सम्मेलन’ मा उनले केन्द्र सरकारले विभिन्न वाहनामा मुस्लिम समुदायको हक अधिकार कुण्ठित गरेको भन्दै उनले तैपनि ऊसँग हात जोड्नु र शीर झुकाउनुपर्ने अवस्था नरहेको बताएका हुन् ।

विगतमा मुसलमान समुदायको इद, बकरिदलगायतका पर्वमा विदा दिइएपनि अहिले बदनियतपूर्ण तरिकाले कटौती गरेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार ती सबै पर्वमा विदा दिएकोले केन्द्रसंग हात नफैलाउन आग्रह गरेका हुन् ।

प्रदेशलाई संकुचित पारेर संघीयतालाई धरापमा पर्ने षड्यन्त्र केन्द्र सरकारबाट भइरहेको नले आरोप लगाए । राजयले सबै नागरिकलाई समान अधिकार नदिएका कारण थिचोमिचो बढेको भन्दै उनले मुस्लिम समुदायको अधिकार सुनिश्चित गराउन मदरसा बोर्ड गठनमा प्रदेश सरकार गम्भीर रहेको बताए ।

प्रदेश २ शैक्षिक दृष्टिकोणबाट अति नै पिछडिएकााले शैक्षिक गुणस्तर वृद्धि गर्न प्रदेश सरकार गम्भीर रहेको मुख्यमन्त्री राउतले बताए ।
मउनले अभिभावकले आफ्नो कर्तव्य बिर्सेर राज्यलाई मात्र दोष नदिन पनि अभिभावकहरुलाई आग्रह गरे ।

संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले हरेक नेपाली जनतालाई शिक्षित बनाएर नेपालबाट अशिक्षालाई सधैको लागि अन्त्य गर्ने दावी गरे ।

विद्यालय भर्ना अभियानलाई प्रमुख प्राथमिकताको सूचीमा राख्दै छात्रवृत्तिलगायतका परियोजनाहरु संचालनमा ल्याए पनि विद्यालयबाहिर रहेका कुल संख्याको ५० प्रतिशत बालबालिकाहरु प्रदेश २ मै रहेको हुँदा शिक्षामा प्रदेश सरकारसंग समन्वय गरी अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment