+
+
Shares

बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाउने प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते १९:४४

८ कात्तिक, सप्तरी । सप्तरी प्रहरीले एक महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाउन खोज्ने एक महिला पक्राउ परेकी छन् ।

४० बर्षीया महिलालाई मलमूत्र खुवाउन खोज्ने तिरहुत गाउँपालिका २ की २२ बर्षीया सुनिता रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुनिताबिरुद्व भेदभाव तथा अन्य अपराधजन्य व्यवहारमा उजुरी दर्ता गरिएको छ ।

प्रहरीकाअनुसार उनले ४० बर्षीया मानवतीदेवी रामलाई मलमूत्र खुवाउने प्रयास गरेकी थिइन् । श्रीमान् रोजगारीका लागि विदेश गएको अवस्थामा सुनिताले आफूलाई कुटपिट गर्दै मलमूत्र खुवाउन खोजेको भन्दै इलाका प्रहरी कार्यालय कंचनपुरमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

मानवतीदेवीको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपमा उपचार तथा स्वास्थ्य परिक्षण गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख प्रहरी निरीक्षक प्रतिक विष्टले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?