Comments Add Comment

चार प्रकार हुन्छन् व्यक्तिको प्रवृत्तिः आफैलाई कसरी चिन्ने, कसरी सुधार्ने ?

हामी के चाहन्छौं भने, आफु जस्तो छौं, अरुपनि त्यस्तै होस् । आफुले जसरी सोचिन्छ, अरुको सोंच पनि त्यस्तै भए हुन्थ्यो । तर, हामी जस्तो छौं, जे सोच्छौं, अरु पनि त्यस्तै हुन्छ वा हुनुपर्छ भन्ने छैन ।

भनिन्छ नि, जो जस्तो छ, उसलाई त्यही रुपमा स्विकार्नुपर्छ ।

किनभने प्रकृतिले हरेक व्यक्तिलाई फरक बनाएका छन् । उनीहरुको सोच, चिन्तन, प्रवृत्तिमा एकरुपता हुनुपर्छ भन्ने छैन । हामी एउटा घटनालाई जसरी हेर्छौ, अरुले पनि त्यही रुपमा हेर्नुपर्छ भन्ने छैन ।

हामी सबै यस संसारमा वा आसपासमा घटिरहेका घटनालाई फरक ढंगले देखिन्छ । त्यसैले एक प्रकारको घटनालाई फरक-फरक मान्छेको प्रतिक्रिया फरक हुन्छ । अमेरिकाका सुप्रसिद्ध मनोविज्ञ एवं इमोशनल फ्रिडम नामक चर्चित पुस्तकका लेखक जूडिथ आर्लोफले मानिसको इमोशन अर्थात भावनालाई चार भागमा बर्गिकृत गरेका छन् ।

उनका अनुसार, हामी सबैजना यी चार श्रेणीमध्ये कुनै न कुनैमा पर्छौ । उनी के पनि भन्छन् भने, तनावको समयमा मानिसको इमोशन स्पष्ट देखिन्छ । अतः यहाँ चार प्रकारको इमोशन, उसको खुबी, कमजोरी र भावनालाई सन्तुलित राख्ने तरिका बताइएको छ ।

बौद्धिक प्रवृत्ति

तपाईं दिल होइन, दिमागले सोच्नुहुन्छ । तपाईंको दिमाग हरक्षण सक्रिय रहन्छ । सुतेको समय पनि सोच्न छाड्नुहुन्न । कुनै घटना भएपछि तपाई त्यसबारे गहन जाँच गरेर योजना बनाउनमा जुट्नुहुन्छ । तपाईं भावनालाई खास ध्यान दिनुहुन्न ।

खुबी

तपाईं तार्किक एवं बौद्धिक विचारका स्वमी हुनुहुन्छ । कुनैपनि कुरा वा घटनाले तपाईंलाई सताउन सक्दैन । तपाईं समस्याको समाधान सजिलै खोज्नुहुन्छ । धेरै तनावपूर्ण स्थितीमा पनि शान्त रहन सक्नुहुन्छ ।

कमजोरी

तपाई जस्ता व्यक्तिले अर्काको भावनालाई बुझ्न गाह्रो पर्छ । कुनैपनि कुरामा तपाई भावनात्मक रुपले तयार हुनुहुन्न । किनभने तपाईं स्वय्मले आफ्नो भावनालाई दबाउनुभएको छ ।

के गर्ने त ?

सबैभन्दा पहिला त आफ्नो दिमागलाई शान्त राख्ने प्रयास गरौ । योग, ब्रीदिंग वा कुनै प्रकारको व्यायाम गरौ । सहानुभूतिको भावना राखौं । कसैको समस्यालाई केवल दिमागले होइन, दिलले पनि सोच्नुहोस् ।

संवेदनशिल प्रवृत्ति

तपाई एकदम संवेदनशिल र भावुक व्यक्ति हुनुहुन्छ । तपाईं आसपासका व्यक्ति खुसी छन् भने तपाईं पनि खुसी रहनुहुन्छ । यदी उनीहरु दुखी छन् भने तपाईं उदास हुनुहुन्छ । मानिसले तपाईंसँग गर्ने गुनासो के हुन्छ भने, कुनैपनि कुरामा तपाई चाडै प्रतिक्रिया दिनुहुन्छ । तपाईं आसपासको कुराबाट धेरै नै प्रभावित हुनुहुन्छ । सानोतिनो कुरामा खुसी हुने, दुखी हुने, उदास हुने, उत्साहित हुने गर्नुहुन्छ ।

खुबी

तपाईं आफ्नो मात्र होइन, अरुको कारणले पनि कहिले दुखी, कहिले खुसी रहनुहुन्छ । तपाईं अर्काको भावनालाई बुझ्नुहुन्छ । तपाईंको अर्को खुबी भनेको अर्काको मर्म, कुरा गंभिरतापूर्वक सुन्नुहुन्छ ।

कमजोरी

तपाईं नकारात्मक इमोशनको प्रभावमा एकदमै चाडै आउनुहुन्छ, त्यही कारण तपाईको भावना स्थिर हुँदैन । मनमा अनेक उथलपुथल हुन्छ । तपाईंलाई उच्च रक्तचाप, डिप्रेसनको जोखिम रहन्छ । तपाईं जहिले पनि भावनात्मक रुपले थकित अनुभव गर्नुहुन्छ ।

के गर्ने त ?

तपाईंले नकारात्मक व्यक्तिसँग दुरी बनाइराख्नुपर्छ । समय समयमा आफ्ना सबै दुख, पीर भुलेर आफ्नै लागि समय निकाल्नुपर्छ । जुन कुराको सामना गर्न तपाईंलाई समस्या हुन्छ, त्यसको सूची तयार गर्नुहोस् । अतः त्यसलाई सामना गर्नका लागि एक्सन प्लान तयार गर्नुपर्छ ।

कठोर प्रवृत्ति

तपाईं भावनात्मक रुपले बलियो र शान्त स्वभाव भएका व्यक्ति हुनुहुन्छ । अर्काको कुरामा तत्काल प्रतिक्रिया दिनुहुन्न । साथै अर्काको राय अनुसार आफ्नो धारणा बनाउनुहुन्न । तपाईं आफ्नो भावनालाई तुरुन्तै व्यक्त गर्नुहुन्न ।

खुबी

तपाईं स्थिर, इमान्दा र भरपर्दो व्यक्ति हुनुहुन्छ । तपाईंले जुनसुकै स्थितीमा पनि आफुलाई सहज ढंगले सम्हाल्न सक्नुहुन्छ ।

कमजोरी

तपाईंका लागि नजिकका वा विश्वासिला साथी बनाउन थोरै मुस्किल हुनसक्छ ।

के गर्ने त ?

तपाईं जसलाई भरोसा गर्नुहुन्छ, उसको साथ भावनात्मक रुपले जोडिने प्रयास गर्नुहोस् । आफ्नो भावनामा ध्यान दिनुपर्छ । यदी तपाईंलाई कुनै कुरा खराब वा नराम्रो लागेमा त्यसलाई मनमा दबाउने होइन, बरु बाहिर निकाल्नुहोस् । यदी कसैलाई मनको कुरा शेयर गर्न चाहनुहुन्न भने कागजमा लेख्नुहोस् । यसरी पनि भावना व्यक्त गर्न सकिन्छ ।

बहकिने प्रवृत्ति

तपाईलाई आफ्नो भावना व्यक्त गर्नु राम्रो लाग्छ । तपाईं सधै यस्तो व्यक्तिको खोजीमा रहनुहुन्छ, जोसँग तुरुन्दै मनको कुरा गर्न पाइयोस् । यदी तपाईंले यस्तो साथी फेला पर्नु भएन भने तपाईं बेचैन रहनुहुन्छ ।

खुबी

तपाईं नकारात्मक भावनाबाट सजिलै बाहिर आउन सक्नुहुन्छ । तपाईं इमान्दार हुनुहुन्छ ।

कमजोरी

तपाईं जसरी भावनामा बहकिनुहुन्छ, त्यसले तपाईंलाई अप्ठ्यारोमा पार्न सक्छ । तपाईप्रति हेर्ने दृष्टिकोण परिवर्तन हुनसक्छ । वा तपाईंको कमजोरी सजिलै फेला पार्न सक्छ । कति व्यक्तिलाई यसरी अर्काको कुरा सुन्न मन पर्दैन ।

के गर्ने त ?

मनको कुरा गर्दा कसको अगाडि गर्ने वा नगर्ने भन्ने निक्र्यौल गरौं । जथाभावी कुरा सुनेर त्यही अनुरुप आफुलाई भावनात्मक रुपले डोहोर्‍याउने गल्ती नगरौं । आत्मचिन्तन गरौ । समस्या अरुको टाउकोमा थोपर्ने होइन, आफैभित्र खोजौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment