Comments Add Comment

भाकपा मार्क्सवादीका नेता यचुरीद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट

९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरीले शुक्रबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।

शुक्रबार उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलसँग भेटवार्ता गरेका छन् । यचुरी बिहीबार नेपाल भ्रमणमा आएका थिए । उनी शुक्रबार हुने पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीमा सहभागी हुन नेपाल आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment