Comments Add Comment

कोरियाली मेकअप ट्रेन्ड किन विश्वभर तिव्ररुपमा फैलिरहेको छ ?

हजारौं वर्षदेखि आकर्षक र सुन्दर देखिनको लागि मेकअपको प्रयोग गर्दै आएका छन् । यस्ता मानिसहरु फेसनको दुनियाँमा चलिरहेको ट्रेन्डसँग अपडेट पनि रहन्छन् ।

मेकअपको यस हरपल परिवर्तन हुँदै गएको दुनियाँमा कोरियाली मेकअपले प्रवेश भएको छ । विश्वभरमा कोरियाली मेकअपको ट्रेन्ड बढीरहेको छ ।

बितेका केही वर्षमा कोरियाली पप संगीत, कोरियाली फिल्म र कोरियाली टिभीशोहरु पश्चिमा देशहरु सहित विश्वका अन्य देशमा लोकप्रिय हुँदै गइरहेको छ ।

पश्चिमा देशका युवाहरु पनि कोरियाली मेकअप ट्रेन्डप्रति आकषिर्त भएका छन् जसलाई ‘के-ब्युटी’ भनिन्छ ।

लोकप्रिय कोरियाली ब्याण्ड बिटिएसका सात पुरुष सदस्यका साथै कैयौं कोरियाली सेलिब्रेटीहरु आफ्नो एक सिग्नेचर लुक्सको लागि चिनिन्छन् ।

पछिल्लो केही महिनादेखि ‘के-ब्युटी’को चलन पश्चिमा देशमा पनि देखिन थालिएको छ । रिटेल शोधकर्ता मिन्टेलको रिपोर्टअनुसार सन् २०१७ मा कोरियाली ब्युटी इन्डष्ट्रीको मुल्य लगभग १३ अर्ब डलर छ ।

अनुहारको ख्याल महत्वपूर्ण छ

मेरी क्लेयरकी डिजिटल ब्युटी एडिटर केटी थोमस भन्छिन्, ‘कोरियाली मेकअपप्रति बढ्दो आकर्षणको मुख्य कारण यसको नयाँपन हो । कोरियाली ब्युटी इन्डस्ट्री अरु देश भन्दा १०-१२ वर्ष अगाडि चल्छ । इन्स्टग्राम र ब्युटी ब्लगको मद्धतले हामी यसको कदमसँग कदम मिलाउने कोसिस गरिरहेको छौं ।’

कुनै पनि मेकअप लगाउन भन्दा पहिलो कोरियालीहरु छालाको धेरै ख्याल राख्छन् । उनीहरुले छाला राम्रो होस् भन्ने कुरामा ख्याल गर्छन्, जसले दाग धब्बा लुकाउनको लागि फाउन्डेसन वा अन्य मेकअप सामानको आवश्यकता नपरोस् ।

थोमस भन्छिन्, ‘कोरियाली सँस्कृतिमा मानिसहरुको मनमा यो कुरा सानो उमेरमै राखिदिन्छ कि उनीहरुले आफ्नो छालाको ख्याल राख्नुपर्छ ।’

आम रुपमा मानिसहरु मेकअप भन्दा पहिले तीन चरणको प्रयोग गर्छन् जसमा क्लिन्जर, टोनर र मोइस्चराइजर समावेश हुन्छ तर कोरियाली मानिसहरुले मेकअप भन्दा पहिले ७ देखि १२ चरणको प्रयोग गर्छन् ।

जसमा छालामा प्राकृतिक सामग्रीहरुको प्रयोग धेरै गरिन्छ । थोमस भन्छिन्, ‘यो केही मानिसहरुको लागि धेरै लाग्न सक्छ । तर, यसलाई यसरी सम्झिनुपर्छ कि तपाईं आफ्नो छालाको आहारको ख्याल राखिरहनुभएको छ । बेलायतमा यो कोरियाभन्दा फरक छ ।’

कोरियाको मेकअपलाई लिएर धेरै किसिमका शोध गरिन्छ किनभने यँहा प्रतिस्पर्धा धेरै छ । हरेक मानिस अरुभन्दा राम्रो बन्ने कोसिसमा लागेका छन् । लण्डन स्थित ‘के-ब्युटी’ बारकी संस्थापक केरेन होन्ग भन्छिन्, ‘कोरियाली ब्युटी उद्योग नयाँ प्रयोगलाई लिएर सँधै अगाडि रहन्छ । आफ्नो नयाँ सामग्रीलाई लिएर शुत्रसम्म उनीहरु सँधै नयाँ प्रयोग गर्छन् जसलाई पश्चिमी देश कहिल्यै अपनाउन चाहँदैनन् ।’

यसैकारण कोरियाली साम्रगीको माग बढ्दै गएको बताउँदै उनी भन्छिन्, ‘कोरियालीहरुले छालालाई नरम बनाउनको कागि शंखेकिराको प्रोटिनको प्रयोग गर्छन् । छालामा तेलको कमीलाई कम गर्नको लागि मौरीको चाकाको प्रयोग पनि गरिन्छ ।’

कति सफल छ कोरियन मेकअप ‘के-ब्युटी’ ?

अमेरिकामा १० देखि १७ वर्षका लगभग १३ प्रतिशत महिलाहरु ‘के-ब्युटी’को उत्पादन प्रयोग गर्न चाहन्छन् । त्यस्तै १८ प्रतिशत १८ देखि २२ वर्षका महिलाहरुले यी उत्पादनहरुको प्रयोग गरिसकेका छन् ।

मिन्टेलकी ब्युटी विश्लेषक एन्डि्रयु मेक डोगलको भनाई छ, ‘कोरियाली मेकअपको चलन तिव्र रुपमा बढीरहेको छ जसको श्रेय डिजिटल बजार रणनीतिलाई दिनुपर्छ । सामाजिक सञ्जालको माध्यमले यसले पश्चिमी ब्युटी ब्लगरको बीच आफ्नो लोकपि्रयता बढाएको छ ।’

‘ग्राहकहरु यसलाई लिएर धेरै जानकारी राख्छन् र यससँग जोधिएका शोध आँफै गर्छन् । मेकअप ब्लगर उनीहरुलाई प्रोडक्टको जानकारी दिन्छन् भन्न सकिन्छ ।’

‘के-ब्युटी’को रंगीन र कार्टुनी झलक उनीहरुको उद्योगको धेरै ठूलो हिस्सा हो केटी थोमस पनिसहमत छिन् । यी उत्पादनलाई मानिसहरु त्यसको आकर्षक प्याकेजिङको लागि पनि खरिद गर्छन् ताकी उनीहरुको बाथरुमको शोभा बढ्न सकोस् । बेलायतमा यी उत्पादनलाई अनलाईन बजारबाटै खरिद गर्न सकिन्छ ।

सन् २०१५ मा सुरु भएको यसस्टाइल डटकमलाई पनि कोरियाली मेकअपको एक ठूलो बिजनेसको रुपमा लिइन्छ । हङ्कङको यो इ-कमर्श कम्पनीले लगभग १५० कोरियाली ब्रान्ड राख्ने गरेको छ ।

यसस्टाइलको अनुमान अनुसार सन् २०१८ मा ‘के-ब्युटी’को २५ मिलियन डलर बराबरको उत्पादनको बिक्री हुन्छ ।

यसस्टाइलका सम्पादक रुमी रोज रेयस भन्छिन्, ‘पश्चिमी देश यी दिनमा नो मेकअप मेकअप लुकतर्फ आकषिर्त भइरहेका छन् जसमा मुलत छालालाई चमकदार बनाउने जोड रहन्छ । आजकाल नेचुरल मेकअपको पनि चलन छ ।’

पश्चिमी देश र ‘के-ब्युटी’

कैयौं पश्चिमी देशका ब्युटी कम्पनीहरु ‘के-ब्युटी’को बढ्दो चलनलाई हेर्दै यस्ता उत्पादन आफ्नो ब्राण्डको माध्यमबाट उतारिरहेका छन् । मेरी क्लेयर भन्छिन्, ‘यस्ता कैयौं पश्चिमी देशका ब्राण्ड छन् जसले आफ्नो ब्राण्डमा यस्ता उत्पादन समावेश गरिरहेका छन् ।’

यसपटक गर्मीमा पि्रमार्क कम्पनीले ‘के-ब्युटी’को उत्पादनको रेन्ज उतारेको थियो जसको बिक्री धेरै तेज रुपमा भएको थियो । कम्पनीका प्रवक्ताले बिबिसीलाई भने दक्षिण कोरियाली मेकअपलाई लिएर बढ्दो चलनको कारण यी उत्पादनहरु उतारिएको थियो ।

‘कम्पनीले अझै पनि फेसमास्कको बिक्रि जारी राख्नेछ । हामीले यो महसुस गरेका छौं कि यी उत्पादनले हाम्रा नौजवान ग्राहकहरुलाई लोभ्याइरहेको छ । यो त्यो वर्ग हो जसले आफ्नो अनुहारको सुरक्षालाई लिएर कहिल्यै पनि गम्भिर भएन’ उनले भने ।

‘के-ब्युटी’ले चलन टिक्नेछ वा चाँडै सकिनेछ ? यो प्रश्नमा मेरी क्लेयर भन्छिन्, ‘यो मेकअप इन्डस्ट्रीमा टिक्ने छ किनभने अहिलेका युवाहरु पर्यावरणलाई लिएर चिन्तित छन् र यसको असर मानिसमा के पर्नेछ भनेर सोच्छन् ।’

मानिसहरु आफ्नो छालालाई लिएर गम्भिर हुँदै गइरहेका छन् । प्रदुषण धेरै बढेको छ र हरपल हाम्रो अनुहारको लागि नोक्सानकारी साबित भइरहेको छ । कोरियाको मेकअपलाई मानिसहरुको बीच प्रासंगिक बनाउँने यो नै मुख्य कारण हो ।

कोरियामा पुरुषले पनि मेकअप गर्छन् 

अरु देशमा मेकअप महिलाहरुले मात्रै प्रयोग गर्छन र मेकअप बनाउने कम्पनीहरुको खास ध्यान महिलाहरुमा रहन्छ तर, कोरियामा महिलाहरुको साथसाथै पुरुषले पनि मेकअप गर्छन् ।

‘के-ब्युटी’ उत्पादनको एक ठूलो व्यावसाय पुरुषको मेकअप सामग्रीको माध्यमबाट गर्छ ।

के पश्चिमी देशमा के ब्युटी पुरुषको बीचमा लोकपि्रय बन्न पाँउछ ? यो प्रश्नमा केरेन होन्गको भनाई छ, ‘कोरियामा पुरुषको छालाको हेरचाह र मेकअपलाई फरक नजरले हेरिन्छ । खासगरि जवान पिँढी बीच मेकअप धेरै लोकपि्रय छ । यसले राम्रो देखाउने र उनको आत्मविश्वासलाई बढाउँछ । तर, यो चलन अहिले सम्म पश्चिम देशमा छैन ।’

मिटेलका एन्डि्रयु म्याकडोगल पनि यसमा सहमती जनाउँछन् । उनी भन्छन्, ‘पश्चिमी देशहरुका ब्राण्डमा पुरुषको लागि उत्पादन उतार्ने चलन बढेको त छ तर, यँहाका पुरुषको बीचमा यो चलनमा आउनमा धेरै समय लाग्ने छ ।’

हालै फ्रान्सका फेसन ब्राण्ड च्यानेलले कोरियमा ब्वाइ डे च्यानेल उत्पादनको रेन्ज उतारेको थियो । तर, कम्पनीले आफ्नो देश फ्रान्समा भने यो उत्पादन उतारेन ।

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment