Comments Add Comment

जापानी संस्थाले काठमाडौं महानगरलाई दियो विपद् प्रतिक्रियात्मक सामग्री

९ कात्तिक, काठमाडौंं । जापानको एक संस्थाले काठमाडौं महानगरको सहरी जनस्वास्थ्य महाशाखालाई २०९ थान विपद् प्रतिक्रियात्मक सामग्री उपलब्ध गराएको छ ।

शुक्रबार जिल्ला समन्वय समितिको सभा कक्षमा आयोजित कार्यक्रममा एज्राएडको सहयोगमा स्थानीय बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल नामक गैर सरकारी संस्थाले उक्त सामग्री उपलब्ध गराएको हो ।

विपद्पछिको समस्या व्यवस्थापनमा खटिने उद्धारकर्मीको सुरक्षासँगै जोखिममा परेको व्यक्तिको खतरा कम गर्ने उद्देश्यले जापान एज्राएडको नेपालका लागि राष्ट्रिय निर्देशक मायुमी योसिडाले महानगरकी उपप्रमुख हरिप्रभा खड्गीलाई उक्त सामग्री प्रदान गरेकी थिइन् ।

उपप्रमुख खड्गीले सोही कार्यक्रमका बीच जनस्वास्थ्य महाशाखाका प्रमुख हरिकुमार श्रेष्ठलाई ती सामग्री हस्तान्तरण गरिन् ।

सामाग्री ग्रहण गर्दै उपप्रमुख खड्गीले विपद्को अवस्था, प्रकार, व्यवस्थापन गर्ने विधि र सामग्रीका विषयमा जनप्रतिनिधिलाई क्षमतावान बनाएर जानुपर्ने खाँचो औंल्याइन् ।

एज्राएडले एउटा हेल्मेट, ब्याट्रीसहितको एउटा हेड लाइट, एउटा टर्च लाइट, एउटा चस्मा, एउटा मास्क, एक जोडी छालाका पञ्जा, एक जोडी पातलो पञ्जा दिएको छ ।

यस्तै ४ लिटर पानी अट्ने एउटा व्याग, एउटा सिठ्ठी, एउटा एल्मुनियम ब्लाङ्केट र एक सेट प्राथमिक उपचार बाकस रहेका छन् ।

यी सामग्रीहरुको मूल्य करीव १७ हजार रुपैयाँ पर्ने बताइएको छ । प्राप्त सामग्रीहरु जनस्वास्थ्य महाशाखा र विपद् व्यवस्थापन विभागले १७ वटा सरकारी विद्यालय, ३२ वटा वडा कार्यालय, सहरी स्वास्थ्य क्लिनिक र महानगरीय आकस्मिक केन्द्रलाई वितरण गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment