Comments Add Comment

सिंहदरबारलाई प्रदेश २ को अल्टिमेटम- एक महिनाभित्र कर्मचारी पठाऊ

९ कात्तिक, जनकपुरधाम । प्रदेश २ को मन्त्रिपरिषदले एक महिनाभित्र आवश्यक कर्मचारीहरु पठाइसक्न संघीय सरकारसमक्ष आग्रह गरेको छ । अन्यथा आफैं कर्मचारी भर्ना गरिने प्रदेश सरकारको चेतावनीयुक्त निर्णय छ ।

प्रदेश मन्त्रिपरिषदको शुक्रबार सम्पन्न बैठकले प्रदेश सरकारले तयार पारेको कर्मचारी संगठनात्मक संरचना -ओएनएम) अनुसारका कर्मचारीहरु एक महिनाभित्र पठाउन संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।

एक महिनाभित्र संघीय सरकारले आवश्यक कर्मचारी नपठाए प्रदेश सरकारले आफंै व्यवस्था गर्ने निर्णयसमेत मन्त्रिपरिषदको बैठकले गरेको मुख्यमन्त्रीको सचिवालयले बतायो ।

विवाह महोत्सवलाई ५० लाख निकासा

यसैवीच रामजानकी विवाह पञ्चमी महोत्सवका लागि ५० लाख रुपैयाँको बजेट उपलब्ध गराउने निर्णय प्रदेश २ को मन्त्रिपरिषले गरेको छ ।

विवाह पञ्चमी महोत्सवलाई भव्यताका साथ मनाउन प्रदेश सरकारले ५० लाख दिने निर्णय गरेको प्रदेश सचिवालय स्रोतले अनलाइनखबरलाई बतायो । शुक्रबार सम्पन्न मन्त्रिपरिषदको बैठकले हिन्दुहरुको महान उत्सवलाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरेको हो ।

जनकपुरधाममा राम जानकी विवाह पञ्चमीमा ठूलो धार्मिक एवं सांस्कृतिक मेला लाग्ने गर्छ । यस अवसरमा भगवान रामचन्द्रको जन्मभूमि भारतको अयोध्याबाट रामजानकी मन्दिरमा जन्ती आउने प्रचलन छ ।

प्रदेश सचिवालयको नाम ‘मधेस भवन’

यसैवीच प्रदेश सरकारले जनकपुर चुरोट कारखानाको परिसरमा रहेको प्रदेश सरकारको सचिवालयलाई मधेस भवन नामाकरण गरेको छ ।
मन्त्रिपरिषदको बैठकले जनकपुर चुरोट कारखाना भवन परिसरभित्र हाल कायम रहेको सचिवालयका भवनहरुलाई मधेस भवन घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment