+
+
Shares

एक महिनाभित्र कर्मचारी पठाउन प्रदेश २ सरकारको अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १० गते ०:००

९ कात्तिक, जनकपुरधाम । प्रदेश २ सरकारले रामजानकी विवाह पञ्चमी महोत्सव भव्यताका साथ मनाउन ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महोत्सवका लागि ५० लाख रुपैयाँ आर्थिक सहयता दिने निर्णय गरेको हो । जनकपुरको जानकी मन्दिरमा हिन्दू नेपालीहरुले भव्यताका साथ यो पर्व मनाउँछन् ।

त्यस्तै प्रदेश सरकारले आफ्नो सचिवालयलाई मधेस भवन घोषणा गरेको छ । जनकपुर चुरोट कारखानाको परिसरमा रहेको प्रदेश सरकारको सचिवालयलाई मधेस भवन नामाकरण गरेको हो ।

प्रदेश सरकारले एक महिनाभित्र आवश्यक कर्मचारी पठाउन संघीय सरकारलाई आग्रह गरेको छ । प्रदेश सरकारले तयार पारेको कर्मचारी संगठनात्मक संरचना (ओएनएम) अनुसारको कर्मचारी एक महिनाभित्र पठाउन संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।

एक महिनाभित्र संघीय सरकारले आवश्यक कर्मचारी नपठाए प्रदेश सरकारले आफै व्यवस्था गर्ने निर्णयसमेत गरेको एक मन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?