Comments Add Comment

सुस्ताको विद्यालयमा आगलागी

१० कात्तिक, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका २ महलबारीमा रहेको क्यानल सेन्टर आवासीय माविको कार्यालयमा आगलागी भएको छ ।

यो विद्यालय सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले सञ्चालन गरेका हुन् । आफू गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि उनले भाइ सागर पाण्डेलाई विद्यालय जिम्मा लगाएका थिए ।

विहान साढे ६ बजेतिरमात्र आगलागी भएको थाहा पाएको बताए । उनका अनुसार आगलागीबाट ७-८ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट कार्यालयमा रहेको फर्निचर, ल्यापटप कम्प्युटर र कागजपत्र जलेका छन् ।

आगलागीको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment