१० कात्तिक, काठमाडौं । सत्तारुढ दल नेकपाले आयोजना गर्न लागेको चियापान कार्यक्रम नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले बहिस्कार गर्ने भएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले चियापान कार्यक्रममा लाग्ने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो भन्दै आफू उपस्थित हुन नसक्ने बताएका हुन् ।
ट्वीटरमार्फत् डा. भट्टराईले भनेका छन्, ‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद !तपाईंहरू सबैको भलो होस्, हाम्रो पनि शुभकामना ! गरीब देशको सर्वहारावर्गको दुहाइ दिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ ! जय होस् ।’
सत्तासीन कमरेडहरू,
एउटै खाममा४वटाशुभकामना/निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद!तपाईंहरू सबैको भलो होस्,हाम्रो पनि शुभकामना!गरीब देशको सर्वहारावर्गको दुहाइदिने पार्टीले५०हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेकोभए राम्रो हुन्थ्यो कि?त्यसैले म आउन सकिनँ!जय होस! pic.twitter.com/UEU8l3UQkc— Baburam Bhattarai (@brb1954) October 27, 2018
दशैं, दीपावली, छठ र नेपाल सम्वतको अवसरमा नेकपाले भृकुटीमण्डपमा मध्याह्न शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेता, कार्यकर्ता, कुटनीतिज्ञ, खेलाडी, कलाकारसहित ५० हजार जनालाई निम्तो दिइएको छ ।
प्रतिक्रिया 4