+
+
Shares

पत्नी हत्यापछि फरार युवक पोखरामा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ११ गते १४:४६

११ कात्तिक, काठमाडौं । आफ्नै पत्नी हत्या गरी फरार रहेका युवकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

पत्नी लक्ष्मी परियारको हत्या गरी फरार रहेका खोटाङ बराहपोखरी गाउँपालिका ६ मौवाबोटेका २२ वर्षका अनिल परियारलाई महानगरीय अपराध महाशाखाको टोलीले पोखरा महानगरपालिका ७ माछापुच्छ्रे टोलबाट पक्राउ गरेको हो ।

गत भदौ १२ गते काठमाडौंको बसुन्धराको स्पीड गेस्ट हाउसको कोठा नम्बर १०१ मा बस्ने परियारले पत्नी १८ वर्षकी लक्ष्मी परियारको हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनले पत्नीको हत्यामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ७ घर भइ हाल बोहराटार बस्ने लक्ष्मीको शव भदौ १५ गते भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?