Comments Add Comment

राष्ट्रपति भण्डारीले भोलिदेखि कतारको भ्रमण गर्ने

११ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक १२ देखि १५ गतेसम्म कतारको भ्रमण गर्ने भएकी छन् ।

कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारीले कतारको तीन दिने भ्रमण गर्न लागेकी हुन् । उनको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाका अनुसार राष्ट्रपतिको भ्रमणको अवसरमा नेपाल र कतारबीच द्विपक्षीय सहयोग सम्बन्ध सुदृढ गर्ने काम हुनेछ । त्यस्तै कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

मन्त्रिपरिषद बैठकले नेपाल र मलेसियाबीच कामदार भर्ना रोजगारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी श्रममन्त्री गोकर्ण विष्टलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment