Comments Add Comment

ब्राजिलको राष्ट्रपतिमा उग्र दक्षिणपन्थी उम्मेदवार बोल्सोनारु विजयी

१२ कात्तिक, काठमाडौं । ब्राजिलको राष्ट्रपतिमा उग्रदक्षिणपन्थी (फार–राइट) उम्मेदवार जैर बोल्सोनारु विजयी भएका छन् । वामपन्थी वर्कस पार्टीका फर्नान्डो ह्याडेगलाई परास्त गर्दै जैर राष्ट्रपतिमा जित दर्ता गराउन सफल भएका हुन् ।

मतगणना सकिँदा बोल्सोनारुले ५५ प्रतिशत मत हासिल गरेका छन् भने उनका प्रतिष्पर्धी फर्नान्डो ४५ प्रतिशत मतमा राेकिए ।

पहिलो चरणमा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशत मत नल्याएपछि अक्टुबर २८ मा त्यहाँ पुनः मतदान भएको थियो । पहिलो चरणको निर्वाचनमा ४६ प्रतिशत मत हासिल गरेका बोल्सेनारुले यसपटक ९ प्रतिशत मत बढाएर फराकिलो जित निकालेका हुन् ।

बोल्सोनारु भ्रष्टाचार निर्मुल पार्ने र बढ्दो अपराध निर्मूल पार्ने वाचा गर्दै निर्वाचनमा होमिएका थिए । निर्वाचन अभियान केही हिंसात्मक देखिएको थियो । प्रचार अभियानकै क्रममा बोल्सेनारुमाथि छुरासमेत प्रहार भएको थियो ।

नवनिर्वाचित राष्ट्रपति बोल्सेनारु पूर्वसैनिक अधिकारी हुन् । उनले ब्राजिलमा सैन्य शासन हुँदा त्यसको समर्थन गरेका थिए ।

बोल्सोनारुको जितसँगै विपक्षीहरुले लोकतन्त्रमाथि खतरा आइपरेको टिप्पणी गरेका छन् । तर, बोल्सोनारुले त्यसको प्रतिवाद गर्दै संविधान, लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्ने प्रतिबद्धता जायर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment