आजकल प्रत्येक मानिस तनावबाट ग्रसित छन् । डिप्रेशन तथा एञ्जाइटीबाट ग्रसित छन् । तनाव आफैमा नकारात्मक हैन । किनकी तनावले नै मानिसलाई लक्ष्यमा पुग्न उत्प्रेरित गर्छ । तर तनावकै कारण मानिस डिप्रेशन वा एञ्जाइटीमा जानु हुँदैन । किनकी व्यस्त जीवनशैली तथा कामको बोझका कारण जुनसुकै व्यक्ति पनि तनाव (स्ट्रेस) मा रहन सक्छ ।
तनाव हुँदैमा आत्तिहाल्नु पर्दैन । तर तनावका कारण एञ्जाइटी वा डिप्रेशन भएमा भने तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ । र, आफूलाई तनाव भएको हो वा एञ्जाइडी (डर) भन्ने कुरा छुट्याउनका लागि यी लक्षणहरु पहिचान गर्न आवश्यक छ ।
तनावको कारण हुन्छ, एञ्जाइटीको हुँदैन
दैनिक जीवनशीलैमा तनाव हुनुमा कुनै न कुनै कारण अवश्य हुन्छ । विना कारण कुनै पनि मानिस तनावमा रहँदैन । विशेषगरी, अफिसको खराब माहोल, घरायसी झैझगडा, कामको प्रेसर लगायतका कारण मानिस अक्सर तनावमा रहने गर्दछ । जबकी एञ्जाइटी भएमा यसको कारण पत्ता लगाउन थोरै मुश्किल हुनसक्छ । किनकी एञ्जाइटीमा व्यक्तिलाई यो समस्या किन पैदा भैरहेछ भन्ने सम्म पनि थाहा हुँदैन । त्यसैले त एञ्जाइटीलाई एक प्रकारको मनोरोग भनिन्छ, जुन बारबार उत्पन्न भई लामो समयसम्म रहने गर्छ ।
तनावले ध्यान केन्द्रित गर्छ , एञ्जाइडीले भड्काउँछ
पटक पटकको प्रयासका बाबजुद कुनै काम गर्नमा ध्यान केन्द्रित नभएमा, वा लाख कोशिश गर्दा पनि काममा एकाग्रता कायम गर्न नसकेमा बुझ्नु पर्छ, समस्या सोचेभन्दा फरक छ । किनकी तनाव हुँदैमा काममा बाधा उत्पन्न हुँदैन । बरु तनावले त काम गर्न थप प्रेरणा जगाउँछ । साथै, तनावले काममा कहिल्यै पनि बाधा उत्पन्न गर्दैन । जबकी एञ्जाइटीले सोच्ने क्षमतालाई नै बाधित गर्छ । जसले गर्दा काममा ध्यान लगाउन मुश्किल भइदिन्छ ।
तनाव हुँदैमा विरामी हुँदैन, एञ्जाइटीमा हुन्छ
मानसिक तनाव क्षणिक समयका लागि हुने भएकाले यसले शरीरलाई खासै हानी गर्दैन । जबकी एञ्जाइटी भएमा यसको लक्षण शारीरीक रुपमा नै देखिन थाल्छ । विशेषगरी एञ्जाइडीको छड्का लागेमा मांपेशी कसिलो भई शरीरबाट पसिना बग्न थाल्छ । गर्धन वा बंगारा वरिपरि जकडन महसुस हुन्छ भने एञ्जाइटीकै कारण पेनिक अट्याक आउनुका साथै अनिद्राको समस्या हुने गर्छ ।
तनावले सम्बन्ध बढाउँछ, एञ्जाइडीले घटाउँछ
जब व्यक्ति तनावमा रहन्छ, तब उसको ध्यान सबैभन्दा पहिले घर परिवार तथा साथीभाइतिर जान्छ । साथीभाई तथा परिवारका सदस्यसित आˆनो पिडा पोखेर मन हल्का गर्न चाहन्छ । जबकी एञ्जाइटी भएमा व्यक्ति एक्लो रहने गर्छ ।
तनाव निराशा हो, एञ्जाइटी डर
तनाव र एञ्जाइटीबीचको फरकबारे थाहा पाउन आफ्नो मनलाई सोध्न जरुरी छ । आखिर, हामी के कुराले निराश हुन्छौ ? के कारणले हताश हुन्छौ ? यति थाहा पाउन सकेको खण्डमा हामी उक्त समस्यालाई कम गरेर तनाव कम गर्न सक्छौ । जबकी एञ्जाइटी भनेको मनमा उत्पन्न हुने डर भएकोले लाख कोशिश गरेर पनि यो डरलाई मनबाट निकाल्न सक्दैनौ । र, एञ्जाइटीमा यस किसिमको डर मनबाट उत्पन्न हुने भएकोले यसलाई काल्पनिक भन्ने गरिन्छ । त्यसैले त एञ्जाइटी भएमा त्यस्ता कुरालाई लिएर पनि मनमा डर पैदा हुनसक्छ, जुन कुरा वास्तविक जीवनमा भएकै हुँदैन ।
जबकी तनाव वास्तविकतामा आधारित हुन्छ । जस्तै कामको बोझ, व्यस्त दिनचर्या इत्यादी । र यस्ता समस्या कमम भएमा तनाव पनि स्वत कम हुने गर्छ ।
तनावले प्रेरणा दिन्छ, एञ्जाइटीले काम गर्नबाट रोक्छ
गम्भीर प्रकारको एञ्जाइटीबाट ग्रसित मानिस सामाजबाट टाढिने गर्छ । जसले गर्दा सामाजिक कार्य गर्नमा समेत उनीहरुमा बाधा उत्पन्न हुन्छ । यस्ता मानिस घरबाट समेत बाहिर निस्कन चाहँदैनन् र एक्लै बस्न रुचाउँछन् । जबकी तनाव भएमा यसले मानिसलाई लक्ष्य प्राप्त गर्न उत्प्रेरित गर्दछ ।
प्रतिक्रिया 4