Comments Add Comment

जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’, दीपाश्री अध्यक्ष

हाँस्य कलाकार जितु नेपालले नेपाल टेलिभिजनमा चाडै नै कमेडी रियालिटी शो लिएर दर्शकमाझ आउने भएका छन् । नेपाल टेलिभिजनबाट चाडै नै सुरु हुन लागेको शोको नाम ‘मुन्द्रेको कमेडी क्लब’ राखिएको छ ।

यो कमेडी रियालिटी शोको २ भाग छायांकन आइतबार गरिएको छ । कार्यक्रम संचालक जितु नेपालका अनुसार, दर्शकले पहिलो भागमा हाँस्य कलाकार दिपकराज गिरी र दोश्रो भागमा केदार घिमिरे र करिश्मा मानन्धरलाई देख्न पाउनेछन् ।

यो रियालिटी शोको अध्यक्षमा निर्देशक दिपाश्री निरौला रहनेछिन् । साथमा, कलाकार राजाराम पौडेललाई पनि शोमा देख्न सकिनेछ ।
जितुले भने-‘हामी १ बर्ष त नियमित रुपमा कार्यक्रम अगाडि बढाउनेछौ । त्यसपछि, दर्शकले मन पराउनुभयो भने कार्यक्रम कति अगाडि बढ्छ भन्ने तय हुनेछ ।’

भारतमा यस्ता हाँस्य रियालिटी शोको निकै चर्चा छ । तर, नेपालमा हाँस्य सिरियल खुबै आएपनि रियालिटी शोबाट भने दर्शकले मनोरञ्जन सिलन पाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment