Comments Add Comment

धेरै समय दूध उमाल्दा हुनसक्छ यी साइड इफेक्ट

गाईभैंसीको दूध हामी पोषणका लागि सेवन गर्छौं । गाईबस्तु पाल्नुको प्रयोजन नै त्यसको दूध हो । दुधलाई शुद्ध र उत्तम पेय पनि मानिन्छ ।

अक्सर हामी दूध उमालेर सेवन गर्छौं । दूध उमाल्दा त्यसमा रहेको सुक्ष्म जीवाणु नष्ट हुने गर्छ । तर, दूधलाई बारम्बार उमाल्नु स्वास्थ्यका लागि भने हानिकारक हुनसक्छ । दूधमा शरीरका लागि आवश्यक पोषण तत्व पाइन्छ ।

दूधमा क्यालिसयम, बोसो, प्रोटिन, फास्फोरस,  विटामिन बी १२ , भिटामिन ए तथा राइबोˆलेविन जस्ता कयौ स्वास्थ्यवर्द्धक तत्व दूधबाट पाइन्छ ।

जसले दाँत तथा हड्डीलाई मजबुती प्रदान गर्नुका साथै शरीरलाई उर्जा प्रदान गर्छ । बारम्बार दूध उमाल्नाले यी पौष्टिक तत्व नष्ट हुने गर्छ ।

समस्या के छ भने अहिले शहरिय क्षेत्रमा दूध पनि पोषण तत्वले भरिपूर्ण नपाइन सक्छ । व्यवसायिक रुपमा गाइपालन गर्नेहरुले बढी भन्दा बढी दूध उत्पादनका लागि विभिन्न किसिमका खानेकुरा गाइबस्तुलाई ख्वाउने गर्छन् । दूधमै पनि मिसावट हुने गर्छ । यस्ता दूध भने लामो समय उमाल्नै पर्ने हुनसक्छ । तर, विशुद्ध दूध जो प्राकृतिक रुपमा उत्पादन भएको छ, त्यस्तो दूध लामो समय उमाल्दा त्यसमा रहेको पोषक तत्व नष्ट हुन्छ ।

दूधलाई धेरै समय उमाल्दा के हुन्छ ?

एक अध्ययनका अनुसार बारम्बार दूध उमाल्नाले यसमा रहेका पौष्टिक तत्व नष्ट हुन्छ भन्ने कुरा थोरैलाई मात्र जानकारी छ । कतिपयमा के धारणा पाइन्छ भने, धेरै समय दूध उमाल्दा त्यो स्वादिलो र थप पोषिलो हुन्छ । तर, लामो समय दूध उमाल्दा त्यसमा रहेको पोषक तत्व पनि नष्ट हुन्छ ।

दूध उमाल्दा ध्यान दिनुपर्ने कुरा

दूधमा रहेको पोषण तत्व नष्ट हुन नदिन दूधलाई बारम्बार उमाल्नबाट बचाउनु पर्छ । यसबाहेक, दूध उमाल्नै परेको अवस्थामा यसलाई तीन मिनेट भन्दा बढी समय उमाल्नु हुँदैन । र, जब सम्म दूध तताइन्छ, तबसम्म यसलाई चम्चा वा छान्नीको सहायताले चलाईरहनु पर्दछ ।

दूधलाई सकेसम्म कम उमाल्नु पर्छ । उमाल्नै परेमा पनि धेरै बेर उमाल्नु हुँदैन ।

यो पनि

तपाईले पिउने दुध कतै नक्कली त छैन ? यसरी थाहा पाउनुहोस्

शरीरलाई स्वास्थ्य र तन्दुरुस्त राख्न धेरैले नियमित जसो दूध पिउने गर्छन् । तर, दूध पिउनका लागि सबैले गाई पाल्न अनुकुल हुँदैन, संभव हुँदैन । त्यसैले अरु किसान, व्यापारी वा डेरीबाट दुध ल्याउने गरिन्छ । बजारमा तयारी दुध समेत पाइन्छ ।

हामीले स्वास्थ्य राम्रो बनाउन पिउने दूधले कतै स्वास्थ्यमा हानी पो पुर्‍याइरहेको छ कि ? स्वभाविक रुपमा आशंका गर्ने ठाँउ छ । किनभने पैसा कमाउने दाउमा कतिले शुद्ध दूधको मूल्यमा कमसल दूध विक्री गर्न सक्छन् ।

दूध खरिद गर्नेले वा दूध सेवन गर्नेले त्यसको शुद्धतामाथि खासै प्रश्न नउठाउने भएकाले पनि दूधमा मिसावट हुने संभावना बढी रहन्छ । यदि हामीले त्यस्ता अशुद्ध दूध सेवन गरिरहेका छौ भने त्यो हाम्रो स्वास्थ्यका लागि प्रत्युत्पादक हुन सक्छ । त्यसले स्वास्थ्यलाई उल्टो असर गरिरहेका हुनसक्छ ।

कस्तो दूध राम्रो ?

दूधको गुणस्तर गाई, गाईले सेवन गर्ने खानेकुरा, गाईको जात आदिमा निर्भर गर्छ । खासमा लोकल गाईको दूध बढी स्तरिय मानिन्छ । अझ खुला चरनमा छाडिने गाईको दुध शुद्ध हुनका साथै गुणस्तरिय हुन्छ ।

यद्यपी अहिले गाई गोठमा बाँधेर उन्नत जातका घाँसहरु ख्वाइन्छ, जसले धेरै भन्दा धेरै दुध दिन्छ । त्यस्तै दूध बढाउनकै लागि गाईलाई औषधीहरु दिइन्छ । त्यसैले अहिले बजारमा पाइने दूध हामीले सोचेजस्तो शुद्ध र गुणस्तरिय हुन्छ भन्ने छैन ।

अझ त्यसमा पानी मिसाएपछि दूधको गुण घट्ने नै भयो । दूधको मात्रा बढाउन प्रयोग गरिने विभिन्न अखाद्य तत्व, रसायनहरुले दूधलाई स्वास्थ्यवर्द्धक होइन, विषाक्त बनाउँछ । त्यसैले दूध सेवन गर्दा विशेष सावधानी अपनाउनु पर्छ ।

कसरी मिसावट एवं अशुद्ध हुन्छ ?

१. दूधका पानी मिसाउने संभावना त धेरै हुन्छ । अझ फोहोर वा दुषित पानी मिश्रण गरिएको छ भने त्यसले शरीरमा सोझो असर गर्छ ।

२. कतिले दूधमा युरिया जस्ता हानिकारक केमिकल पनि मिश्रण गर्छन् ।

३. सिन्थेटिक जस्ता रसायन समेत मिश्रण गरेर दूधको मात्रा बढाइन्छ ।

४. डिटर्जेन्ट तथा लुगा धुने साबुन समेत मिसाउने गरिएको छ ।

यसरी बन्छ नक्कली दूध

नक्कली दुध विक्री गर्नेले सिन्थेटिकको प्रयोग गर्न सक्छन् । सिन्थेटिक दुध बनाउनका लागि दुधमा थोरै युरिया हालेर हल्का आँचमा उमालिन्छ । त्यसमा कपडा धुने डिटर्जेन्ट पाउडर, सोडा स्टार्च, वासिङ पाउडर आदि मिलाइन्छ । त्यसलाई दुध जस्तै देखाउनका लागि केहि असली दुध पनि मिसाइन्छ ।

कसरी थाहा पाउने ?

१. दुध अस्वभाविक पहेंलो रंगको छ, स्वाद भिन्नै छ भने त्यसमा शंका गर्नुपर्छ ।

२. दुधको एक थोपा औलामा लिएर रगड्ने, यदि त्यसमा चिप्लो पदार्थ टासिएजस्तो हुन्छ भने त्यो दूध अशुद्ध हो ।

यो पनि

दूधमा सख्खर मिसाएर किन पिउने ? यस्तो छ फाइदा

दुधलाई शुद्ध र पोषणयुक्त पेय मानिन्छ । हामीकहाँ गाईको दुध खाने गरिएको छ । गाईको दूध भिटामिन ए, भिटामिन बी र डि, क्याल्सियम, प्रोटिनको स्रोत हो ।

दूध आफैमा स्वादिलो हुन्छ । कतिले त्यसलाई थप स्वादिलो बनाउन चिनी मिसाउँछन् । मह मिसाउँछन् । सबैभन्दा राम्रो काइदा चाहि के भने, दुधमा सख्खर मिसाउनुपर्छ ।

यसरी सख्खर मिसाइएको दुधमा धिक मात्रामा सुक्रोज, ग्लुकोज, खनिज तरल र पानी हुन्छ । यसका साथै क्याल्सियम, फस्फोरस, फलाम र तामा पनि राम्रो मात्रामा पाइन्छ ।

तातो दूधसँग सख्खर खानु धेरै हिसाबले फाइदाजनक छ । यसले गम्भीर रोगहरु पनि ठिक पार्ने दावी पोषणविदहरुको छ । दूध र सख्खर मिलाएर सेवन गर्दाको लाभ यस्ता छन्

शरीरको वजन बढ्नबाट रोक्ने

तातो दुधमा सख्खर हालेर खाँदा तौल नियन्त्रण हुन्छ । मेाटोपना बढ्नुमा चीनीको ठूलो हात हुन्छ । त्यसैले चीनीको ठाउँमा सख्खर मिलाएर पिउँदा वजन कम हुन्छ ।

छाला बनाउँछ मुलायम

तातो दुध र सख्खरको सेवनले छाला मुलायम हुन्छ र छालाासम्वन्धी समस्याहरु पनि हट्छन् । कपाल पनि बलियो र चमकदार हुन्छ ।

जोर्नीको दुखाई हट्छ

सख्खर खाँदा जोर्नीको दुखाईमा राहत प्राप्त हुन्छ । यसका लागि सख्खरको एउटा सानो टुक्रा काँचो बेसारसँग मिलाएर खानुपर्छ र साथमा तातो दुध पिउनुपर्छ ।

महिनावारीमा महिलालाई राहत

महिलालाई हरेकपटकको महिनावारीमा हुने पीडाबाट छुट्कारा पाउनका लागि तातो दुधसँग सख्खरको सेवन गर्नुपर्छ । यसका लागि महिनावारी सुरु हुनुभन्दा एक हप्ता अगाडिदेखि दैनिक एक चम्चा सख्खरको सेवन गरौं ।

शरीरको थकान अन्त्य

अत्यधिक थकाई महसुष भएको छ भने तातो दुध र सख्खरको सेवन गरौं, तुरुन्तै आराम मिल्नेछ ।

दममा राहत

चिसो मौसममा दमका बिरामीहरुले धेरै दुख भोग्नुपर्छ । हावामा अक्सिजनको कमी र बढ्दो प्रदूषणले खोकी र कफ हुने भएकाले सास लिन कठिनाई हुन्छ । यस्तोमा शरीरलाई न्यानो राख्नका लािग तथा कफलाई बाहिर निकाल्न दैनिक दूधमा सख्खर मिलाएर पिउने गरौं । आराम मिल्नेछ । सख्खर र कालो तिलको लड्डु बनाएर दूधसँग खाँदा पनि दममा फाइदा हुन्छ ।

रगत बढाउने, शरीरलाई उर्जा

दूध र सख्खरको सेवन गर्दा रगत सफा हुन्छ । यसलाई पिउँदा शरीरमा रगतको कमि र थकान रहँदैन ।

अनिद्रा हट्छ

यदि कसैलाई निद्रा नलाग्ने समस्या छ भने सुत्नुअघि एक गिलास तातो दुधमा सख्खर मिलाएर पिउने गर्नुस । यसबाट चाँडै निद्रा लाग्नुका साथै शरीरमा उर्जा पनि प्राप्त हुन्छ । यसले हाम्रो शरीरलाई रिल्याक्स्ड राख्छ ।

कब्जियत छुमन्तर

कब्जियतको समस्या भएका व्यक्तिहरुले दुधमा सख्खर मिलाएर खानु रामवाण जस्तै हुन्छ । यसले पाचन प्रक्रियालाई पनि राम्रो बनाउँछ ।

गर्भवती महिलालाई लाभकारी

गर्भवती महिलालाई डेलिभरीपछि हुन थकावट र कमजोरी भगाउनका लागि दुधमा सख्खर मिलाएर पिउने सल्लाह दिइन्छ । यसबाट आमाको दुध पनि बढ्छ र यसले शरीरलाई न्यानो पनि राख्छ ।

क्याल्सियम भरपुर मात्रामा

दुध र सख्खर दुवैमा क्याल्सियम पर्याप्त मात्रामा हुन्छ । यसले हड्डीहरुको रोग जस्तै स्टियोपोरोसिस वा उमेरसँगै हुने जोर्नीको दुखाई आदिबाट सुरक्षित राख्छ । त्यसैले हरेक दिन सख्खरको सानो टुक्रा अदूवासँग मिलाएर खानुस र तातो पानी पिउनुस । सख्खर र दूधमा रहेका कैयन् मिनरल्स आइरन र क्याल्सियमले मांशपेशिहरु र जोर्नीलाई मजबूत बनाउँछ ।

रुघा-खोकीबाट आराम

जाडोमा रुघा-खोकी सामान्य कुरा हो । यस्तोमा सख्खर-दूधको सेवन अत्यन्त फाइदाजनक हुन्छ । डाक्टर तथा पोषणविदहरु धेरै गुलियो नखान सुझाव दिन्छन् । तर सख्खरको गुलियोले भने स्वास्थ्यलाई निकै फाइदा गर्ने उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment