+
+

प्रदेश १ मा बहुप्राविधिक शिक्षालय सञ्चालन प्रक्रिया सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते १७:०५

१२ कात्तिक, विराटनगर । प्रदेश १ सरकारले पहिलो बहुप्राविधिक शिक्षालय सञ्चालन प्रक्रिया अघि बढाएको छ ।

आइतबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद बैठकले बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि आवश्यक विधेयक निर्माणका लागि समाजिक विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।

योसँगै मोरङको हात्तीमुडामा रहेको मनमोहन मेमोरियल पोलिटेक्निकलाई प्रदेशको पहिलो बहुप्राविधिक शिक्षालय सञ्चालनको बाटो खुलेको छ ।

सामाजिक विकास मन्त्रालयले मनमोहन मेमोरियल पोलिटेक्निकलाई बहुप्राविधिक शिक्षालयका रुपमा सञ्चालनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा यसअघि नै प्रस्ताव लगेको थियो ।

मन्त्रालयका उपसचिव एव प्रवक्ता फणिन्द्र खत्रीका अनुसार अब कानुन निर्माण गरी मनमोहन मेमोरियल पोलिटेक्निकलाई प्रदेश सरकारको मातहतमा सञ्चालन गर्ने गरी प्राविधिक विश्व विद्यालय बनाउने प्रक्रियाले मूर्त रुप लिनेछ ।

सामाजिक विकास मन्त्रालयले ६ महिनाभित्र कानुन निर्माण गरी एक वर्षभित्र मनमोहन पोलिटेक्निकलाई वहुप्राविधिक शिक्षालय बनाउने योजनासहित आवश्यक गृहकार्य थालेको थियो ।

मन्त्रालयका अनुसार मनमोहन पोलिटेक्निकलाई यो चालु आर्थिक वर्षका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न साढे २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेशकै अब्बल प्राविधिक शिक्षालय बनाउने सरकारको योजना अनुरुप मन्त्रालयले काम अगाडि बढाउने सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए ।

हाल सो पोलिटेक्निकमा डिप्लोमा इन इन्जिनियरिङअन्तर्गतका सिभल, मेकानिकल, इलेक्टि्रकल र इलेक्ट्रोनिक्स विषयमा पढाइ भइरहेको छ ।

प्रदेश सरकार मातहतमा आएसँगै सो बहुप्राविधिक शिक्षालयमा कृषि, भेटरीनरी, हेल्थ र इन्जिनियरिङ कक्षा सञ्चालनको तयारी छ ।

मनमोहन मेमोरियल पोलिटेक्निकका पि्रन्सिपल सुभाषश्री निरौलाले प्रदेश सरकारको योजना अनुसार बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार पर्याप्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?