Comments Add Comment

बिल गेट्सबाट सिकौं, कुन उमेरमा बच्चालाई स्मार्टफोन दिने ?

बच्चाको लालनपालन गर्नु ‘बच्चाको खेल’ होइन । यो कुरा त अधिकांश अभिभावकले अनुभूत गरेकै छन् । बच्चालाई सही ढंगले हुर्काउनु, पालन-पोषण गर्नु, पढाउनु पक्कै सजिलो छैन । अर्को अप्ठ्यारो कुरा त के भने बच्चालाई कसरी हुर्काउने भन्ने कुनै रेडिमेड फम्र्याट हुँदैन । यो त बच्चाको प्रवृत्ति र अवस्थामा पनि निर्भर गर्ने कुरा हो । बच्चा कस्तो प्रवृत्तिका छन् ? उसलाई कसरी हुर्काउने ? के कुरा सिकाउने ? के नसिकाउने ? इत्यादि कुरामा सबै अभिभावक पोख्त हुन्छ भन्ने पनि छैन । त्यसैले बच्चालाई समुचित ढंगले हुर्काउन सजिलो छैन ।

दुई बर्षको बच्चालाई स्मार्टफोन

जमना टेक्नोलोजीको छ । अर्थात सूचना-प्रविधिको युगमा हुर्किरहेका छौं हामी । त्यसैले त स्मार्टफोन, ट्याबलेट, ल्यापटपमा अक्सर हाम्रो समय व्यतित भइरहेको हुन्छ । तर, यसको साइड इफेक्ट बच्चाहरुमा छ । उनीहरु पनि हाम्रो सिको गर्दै यस्ता उपकरणमा अभ्यस्त मात्र होइन, लिप्त हुन थालेका छन् । अहिले डेढ, दुई बर्षको बच्चा स्मार्टफोन खेलाइरहेका हुन्छन् ।

कतिलाई यसरी बच्चाले स्मार्टफोन खेलेको रमाइलो लाग्दो हो । उनीहरु सोच्दा हुन्, आफ्नो बच्चा प्रविधिमैत्री भए । प्रविधिमा पोख्त भए ।

कति अभिभावकले आफ्नै सजिलोको लागि बच्चालाई स्मार्टफोनमा भुलाइदिएका छन् । उनीहरुलाई लाग्दो हो, स्मार्टफोन दिएपछि बच्चाले अरु काममा वाधा पुर्‍याउँदैन । तर, बच्चालाई स्मार्टफोन दिनु अभिभावकको निम्ति ठूलो भुल बन्दैछ । किनभने स्मार्टफोनको लतले उनीहरुको मानसिक तथा शारीरिक विकासमा निकै जटिल समस्या थोपर्दैछ ।

के त्यसो भए बच्चालाई स्मार्टफोनबाट अलग राख्नैपर्छ ? त्यो कुरा संभव नहोला । अहिलेको युगमा बालबालिकालाई पूर्णत प्रविधिबाट अलग गर्ने कल्पना गर्न सकिदैन । त्यसो भए बच्चालाई कुन उमेरमा स्मार्टफोन दिने त ?

यस सम्बन्धमा बिल गेट्सको सुझाव उपयोगी हुनसक्छ । माइक्रोसफ्टका मालिक तथा विश्वकै धनाड्य बिल गेट्सले बच्चालाई कुन उमेरमा स्मार्टफोन दिने भन्ने सन्दर्भमा यस्तो सुझाव दिएका छन् ।

गेट्सले १४ बर्षको उमेरमा बच्चालाई दिए मोबाइल

बिल गेट्सले भनेका छन् कि, उनले आफ्नो बच्चालाई १४ बर्षको उमेरसम्म स्मार्टफोन चलाउन दिएनन् । गेट्सका बच्चा जबसम्म हाइस्कुल गएका थिएनन्, त्यस बेलासम्म उसलाई मोबाइल फोन प्रयोग गर्न अनुमति दिइएन । एक रिपोर्टलाई मान्ने हो भने, स्मार्टफोन प्रयोग गर्नका लागि बच्चालाई १० बर्षभन्दा कम उमेर सही होइन । साथै यस रिपोर्टमा के पनि भनिएको छ भने ५० प्रतिशतभन्दा बढी बच्चाले ११ बर्षको उमेरमै आफ्नो फेसबुक र इन्स्टाग्राम एकाउन्ट बनाउँछन् ।

के भन्छन् गेट्स ?

यो अहिले एकदमै आवश्यक छ कि, अभिभावकले बच्चाका लागि स्क्रिन टाइम निर्धारण गर्नुपर्छ । यस कुरामा ध्यान राखौं कि, स्मार्टफोनको कारण बच्चाको निद्रा प्रभावित नहोस् । तर,  बच्चालाई त्यसबेलासम्म त्यो काम गर्नका लागि रोक्न सक्दैनौं, जबसम्म हामी रोकिदैनौ । किनभने बच्चाले त्यही गर्ने हो, जो हामी गर्छौं ।

यसको सोझो अर्थ के भने, तपाईले यदी बच्चालाई स्मार्टफोनको लतबाट छुटाउने हो भने तपाईं आफै पनि त्यसको अनावश्यक प्रयोगबाट टाढा रहनुपर्छ । अर्थात आफुलाई उदाहरणको रुपमा पेश गर्नुपर्छ । साथै बच्चालाई निश्चित अवधीका लागि मात्र स्मार्टफोन प्रयोग गर्न दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment