+
+
Shares

प्रधानमन्त्री ओलीलाई भेटेर कांग्रेस सभापति देउवाले गरे स्वास्थ्य लाभको कामना

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते १८:११

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

सोमबार अपरान्ह शिक्षण अस्पताल महाराजगञ्ज पुगी सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

सामेबार नै नेताहरु जनार्दन शर्मा, मन्त्री गोकर्ण विष्ट लगायतले पनि प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए । पार्टी अध्यक्ष प्रचण्डलगायतका नेताहरूले विहानै प्रधानमन्त्री अोलीलार्इ भेटेका थिए ।

प्रधानमन्त्री ओलीलाई सोमबार बिहानपख अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्रीको छातीमा संक्रमण हुनुका साथै सुगरको मात्रा असन्तुलित भएको अस्पतालले औपचारिक जानकारी दिएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको अस्पतालले जनाएको छ । ज्वरो नियन्त्रणमा आएको अस्पतालले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?