Comments Add Comment

टुर्बोगको ‘ड्रिम बिग प्रोजेक्ट

१२ कात्तिक, काठमाडौं ।अन्तर्राष्ट्रिय कोल्याबोरेशन ‘स्टे ओपन’ को व्यापक सफलतापछि टुर्बोगले ‘आर्बिट्ररी ग्रुप’ को सहकार्यमा सफलतापूर्वक टुर्बोग ओपन सेसन्स् ल्याएको थियो र अब ‘टुर्बोग ओपन सेसन्स्’ अन्तर्गतकै ‘ड्रिम बिग प्रोजेक्ट’ ल्याउने भएको छ ।

टुर्बोग ओपन सेसन्स् ‘हर्षको गीत’ बाट सुरु भएको थियो र हरेक शनिबार र बुधबार बिहान ८ बजे युट्युब च्यानल, ‘च्यानल आर्बिट्ररी’ मा गीतहरु प्रदर्शन भईरहेको छ । उक्त ओपन सेसन्स्मा मनोज कुमार केसी, बिधान श्रेष्ठ, दिपक बज्राचार्य, उदय सोताङ, शितल मोक्तान, श्रेया सोताङ, रोहित जोन क्षेत्री, स्वप्न सुमन लगायत नेपाली संगीत क्षेत्रका लोकप्रिय कलाकारहरु रहेका छन् ।

टुर्बोग ओपन सेसन्स्, एउटा युट्युब श्रृंखला हो जसमा, लोकप्रिय तथा चल्तीका नेपाली कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष प्रसारण गरिन्छ । पुराना नेपाली लोकप्रिय गीतहरु देखी चल्तीका गीतहरु समावेश गरिन्छ । उक्त डिजिटल प्ल्याट्फर्ममा नेपाली संगीतलाई विभिन्न शैलीमा प्रस्तुत गरिन्छ ।

निकै सफलता पाएको टुर्बोगको अन्तराष्ट्रिय सांगीतिक ट्रयाक स्टे ओपन को अवधारणालाई पछ्याउँदै टुर्बोग ओपन सेसन्स् सुरु भएको हो । उक्त ट्रयाक, टुर्बोग ओपनका लागी अमेरिकी निर्माता तथा डिजे डिप्लो र डेनिस गायिका मो को सहकार्यमा रेर्कड गरिएको थियो ।

ट्रयाकको नेपाली संस्करणको लागी र्यापर लाउरे र गायक तथा संगीतकार बिपुल क्षेत्रीले ओपन टु मोर को औचित्यलाई प्रस्तुत गर्र्दै ट्रयाकको शब्दहरु पुनः लेखन गरेका थिए । टुर्बोगको सहयताले नेपाली कलाकारहरु लाउरे र बिपुलले अन्तराष्ट्रिय कलाकारहरु डिप्लो र मो सँग सहकार्य गरी एक कोल्याबोरेटिभ गीत र भिडियो प्रस्तुत गर्न सफल भए ।

टुर्बोग ओपन सेसन्स् को सांगीतिक योजनाकार मनोज कुमार केसी रहेका छन् । बहुचर्चित ब्याण्ड १९७४ ए.डी. का सदस्य तथा रचनाकार केसी, निकै लामो सांगीतिक यात्रा गरेका नेपाली सांगीतिक क्षेत्रका परिचित व्यक्तित्व हुन् । केसी र काठमाण्डौ ज्याज कन्जरभेटरीको सहयोगमा यो परियोजना सम्भव भएको हो ।

ड्रिम बिग प्रोजेक्ट, टुर्बोग ओपन सेसन्स्को एउटा भाग हो जसमा, मानिसहरुलाई टुर्बोग ओपन सेसन्स्को मञ्चमा स्वयंम आफ्नो सांगीतिक प्रस्तुती देखाउने मौका पाउने छन् ।

एक वेभ र्पोटल तयार भएको छ जसमा ईच्छुक गायक वा ब्याण्डले आफ्नो रचना वा अरु कलाकारहरुको गीत प्रस्तुत गरी अपलोड गर्न सक्नेछन् । अपलोड भएका सबै भिडियोहरु मध्ये, १० जना उत्कृष्ट गायक वा ब्याण्डहरुको छनोट हुनेछ ।

छनोट भएका प्रतियोगीहरुले काठमाण्डौ ज्याज कन्जरभेटरी र टुर्बोग ओपन सेसन्स्का संगीतकारहरुसँग काम गर्ने मौका पाउने छन् । छनोट भएका भिडियोहरु पछि च्यानल आर्बिट्ररी र टुर्बोग ओपन सेसन्स्को फेसबुक पेजमा अपलोड हुनेछ ।

टुर्बोगको कलाकारहरुसँग सांगीतिक सहकार्यको लामो ईतिहास रहेको छ । टुर्बोग ओपन सेसन्स् अन्र्तगतको ड्रिम बिग प्रोजेक्ट बाट टुर्बोगले नेपालमा युवा कलाकारहरुको लागी डिजिटल सांगीतिक कोल्याबोरेशनमा नयाँ प्रवृति ल्याउने उद्देश्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment