+
+
Shares

‘प्रेमदिवस’ सुटिङ सेटमा दंग प्रियंका

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १३ गते १०:३९

निर्देशक योगेश घिमिरेले नयाँ चलचित्र ‘प्रेमदिवस’को छायांकन सुरु गरेका छन् । संजय न्यौपानेको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको छायांकन सेटमा नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी छन् । चलचित्रको मुख्य भूमिकामा यी २ कलाकारलाई देख्न सकिन्छ । चलचित्रको छायांकन झापाका विभिन्न रमणिय स्थानमा गरिनेछ ।

यो चलचित्रलाई म्यूजिकल लभ स्टोरी कथामा निर्माण गर्ने तयारी गरिएको छ । आयुष्मान र प्रियंका अभिनित चलचित्र ‘चङ्गाचेट’ शुक्रबारदेखि हलमा लाग्दैछ । यी दुई कलाकारले प्रचारमा खासै साथ नदिएको चर्चा हुन पनि थालेको छ ।
छायांकन सेटमा नायिका कार्की दंग देखिएकी छिन् । यो चलचित्रलाई चैत्रमा रिलिज गर्ने तयारी पनि भैरहेको वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?