Comments Add Comment

‘काल मेरो साथी’ सार्वजनिक

गीतकार मनिष बसिस्ठले छोटो चलचित्र ‘काल मेरो साथी’ सार्वजनिक गरेका छन् । ‘पखेटा र मुखौटा’ जस्ता फरक शैलीको गीतपछि उनले छोटो चलचित्र निर्देशन गरेका हुन् ।

जीवन भट्टराई र दिपेन्ऽ शाहीले यो छोटो चलचित्रमा अभिनय गरेका छन् । मनिषलाई रङ्गकर्मी लक्ष्मी बर्देवाले लेखनमा साथ दिएकी छिन । ज्ञानेन्द्र शर्माको छायांकन रहेको यो चलचित्रमा रुपेश खड्काको सम्पादन छ भने निकेश खड्काले चलचित्रको निर्देशन गरेका हुन् ।

यसमा कालसँगको भेटलाई देखाइएको छ । असन्तुष्ट कविले जीवनको उतराद्धमा भएपनि काललाई भेटेर रचना गर्ने कविता र काल प्रतिको मानसिकतालाई भिडियोमा विम्बको रुपमा चित्रण गरिएको छ । निर्देशक खड्काले म्यूजिक भिडियो भन्दा केही फरक शैलीमा यो छोटो चलचित्र तयार पारेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment