+
+
Shares

‘गोजीमा दाम छैन’ हिट भएपछि निर्माताले दिए संगीतकारलाई ५० हजार

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १३ गते १५:५०

चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीत अहिले सर्वाधिक हिट छ । यो गीत श्रोताको मुखमा झुन्डिएको नै छ ।
गीत हिट भएकाले पनि चलचित्रको हाइप अझै बढेको छ । गीतले युटुबमा डेढ करोड भ्यूज पाएपछि यसको निर्माणपक्ष पनि दंग छ । सोही अवसरमा आज काठमाण्डौमा डेढ करोड भ्यूजको केक काट्दै सेलिव्रेशन गरिएको छ ।

काठमाण्डौमा आयोजित कार्यक्रममा चलचित्रका मुख्य कलाकारद्धय परमिता आर एल राणा र सुरक्षा पन्तको साथमा निर्देशक दीपेन्द्र के खनाल, निर्माताद्धय माधव वाग्ले र शर्मिला पाण्डे, संगीतकार राजनराज सिवाकोटी लगायतले केक काटे ।

कार्यक्रममा चलचित्रका निर्माता वाग्लेले संगीतकार राजनराज सिवाकोटीलाई ५० हजारको चेक हस्तान्तरण समेत गरेका थिए । उनले भने-‘गीतले एक करोड बढी भ्यूज पाएको खण्डमा उपहार दिन्छु भनेको थिएँ । सोही अनुसार उपहार दिएको हुँ । यो उहाँको पारिश्रमिक होइन ।’

चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता आर एल राणा, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्रीको मुख्य भूमिका छ ।
कात्तिक १६ गतेबाट रिलिज हुने चलचित्रले कमेडी कथामा गम्भिर बिषयलाई उठान गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?