Comments Add Comment

परमिताको फेरिएको लुक्स

नायिका परमिता आर एल राणा चलचित्र क्षेत्रमा आएको केही बर्षपछि बल्ल क्लिक हुन थालेकी छिन् । उनको कामलाई निर्माताले पत्याउन थालेका छन् । सायद, यही भएर पनि होला उनलाई दर्शकले पनि रुचाउन थालेका छन् ।

परमिता नेपाली चलचित्र क्षेत्रमा मोडलिङबाट आएकी हुन् । मोडल राणाको लुक्स पनि सोही कारण बदलिरहेको पाइन्छ । परमिताले हालै मात्र नयाँ हेयर स्टाइल बनाएकी छिन् । जसलेगर्दा, उनको लुक्स पुरै फेरिएको छ । परमितालाई धेरैले जापानीज लुक्स भनेर प्रतिक्रिया पनि दिएका छन् । तर, उनी आफूलाई समय समयमा लुक्स परिवर्तन गर्न मन लाग्ने भएकाले गेटअप परिवर्तन गरेको बताउँछिन् ।

परमिताले आफ्नो तत्काल बिहे गर्ने कुनै योजना नरहेको समेत बताइन् । उनी, कात्तिक १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चङ्गा चेट’को प्रचारमा व्यस्त छिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment